ग्रिलग्राम सञ्चालन गर्नुपर्नेमा जोड
काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायीहरूलाई व्यवस्थित ढंगबाट र सहरी सौन्दर्यतालाई कायम गर्न सरकारले ग्रिलग्रामको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
ग्रिल तथा स्टिल व्यवसायी महासंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिका बीचमा भएको छलफलमा उनीहरूले यस्तो बताएका हुन् । घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले लघु घरेलु तथा साना उद्योगहरूको उत्पादकत्व र क्षमता बढाउन सकेमात्रै अर्थतन्त्रलाई समृद्धिको बाटोमा अगाडि बढाउन सकिने बताए । यस्ता उद्योगहरूको प्रवर्द्धन गर्न जरुरी रहेको उनको भनाइ थियो । यी उद्योगहरूको उत्पादकत्व र क्षमता बढाउन आगामी दिनमा दुई संस्थाबीच सहकार्य गरिने पनि अध्यक्ष सिंहले बताए ।
ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठले सरकारी निकायहरूमा उद्योग दर्ता र नवीकरण प्रक्रिया झन्झटिलो भएको हुँदा सरल तरिकाबाट उद्योग दर्ता र नवीकरण गर्न सम्बन्धित निकायमा आवश्यक पहल गरिदिन आग्रह गरे । कोरोना एवम् आर्थिक मन्दीको कारणबाट व्यवसायीहरूमा परेको आर्थिक समस्याको समाधानार्थ बैंकको उच्च ब्याजदरलाई न्यूनीकरण गर्न र विनाधितो सहुलियत दरको कर्जाको निमित्त सम्बन्धित निकायमा आवश्यक पहल गर्न पनि उनले आग्रह गरे । ग्रिल तथा स्टिल व्यवसायीहरूले आयात गर्ने ठूला एवम् साना मेसिन औजारहरूमा सरल तरिकाबाट न्यूनतम भन्सार शुल्कमा आयात गर्न पाउनुपर्ने उनको माग छ । यो क्षेत्रमा दक्ष र अर्धदक्ष गरी एक लाख ६० हजार मजदुरहरू कार्यरत रहेको उनले बताए । छलफलमा ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष अमृतबहादुर श्रेष्ठ, प्रथम उपाध्यक्ष केदार अधिकारी, महासचिव विवेकदास श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया