Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘गल्फ एन्ड बियोन्ड’ पोखरामा हुने

‘गल्फ एन्ड बियोन्ड’ पोखरामा हुने


काठमाडौं । एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम यस वर्ष पोखरामा हुने भएको छ । आगामी चैत १ देखि ३ गतेसम्म सो कार्यक्रम पोखरामा हुने भएको हो । गल्फ एन्ड बियोन्ड कार्यक्रम गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहआयोजनमा बाह्रखरी मिडियाले गर्न लागेको हो ।

पोखरा पर्यटन परिषद् तथा युवा उद्यमी परिषद् पोखरा च्याप्टर कार्यक्रममा साझेदार संस्थाका रूपमा जोडिएका छन् । पोखराका मेयर धनराज आचार्यले गल्फबाट पोखराको पर्यटनको प्रवर्धन हुने बताए । यसको माध्यमबाट पोखरालाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ । विगतका चार संस्करणमा जस्तै एनसेल यो संस्करणमा पनि प्रमुख प्रायोजकका रूपमा बाह्रखरी गल्फसँग आबद्ध भएको छ । एनसेल कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले यस कार्यक्रम गल्फमात्र नभई देशको समसामयिक आर्थिक सामाजिक विषयमा छलफल गर्दै विकासका लागि मार्ग देखाउने रहेको बताइन् ।

कार्यक्रममा करिब एक सय २० कर्पोरेट गल्फका सहभागी हुने बताइएको छ । प्रतियोगिताका अल–राउन्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कारस्वरूप प्राप्त गर्नेछन् । प्रतियोगितामा होल इन वन गर्ने खेलाडीलाई बीवाईडीको एट्टो थ्री गाडी पुरस्कार राखिएको छ । अन्य विजयीले पनि पुरस्कार प्राप्त गर्नेछन् । पोखरामा देशभरिबाट आउने पाहुनाका लागि रेबान पोखराका सदस्य रेस्टुरेन्टहरूले २५ प्रतिशत सहुलियत दिने निर्णय गरेका छन् । यो वर्ष प्रमुख प्रायोजकमा निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल र इन एसोसिएसन विथ (साझेदार) मा विद्युतीय गाडी बीवाईडी रहेको छ । प्रभु बैंक लिमिटेड (बैंक अफ दि इयर), सिभास रिगल, गोर्खा ब्रुअरी (कार्ल्स बर्ग), एनआईसी एसिया बैंक लिमिटेड, डिसहोम फाइबरनेट, भाटभटेनी सुपरमार्केट, माछापुच्छ«े बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, अजया डाइमन्ड, डाबर नेपाल, ग्लोबल आईएमई बैंक लिमिटेड र शिखर इन्स्योरेन्सजस्ता प्रतिष्ठित संस्थाहरूले यस कार्यक्रमलाई सहयोग गरेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया