टोटल इनर्जीको रिटेलर मिट
काठमाडौं । टोटल इनर्जीको रिटेलर मिट सम्पन्न भएको छ । लक्ष्मी ल्युब आयल प्रालि र टोटल इनर्जीको आधिकारिक विक्रेता शंकर यमुना अटो पार्टसको सहकार्यमा हालै सो रिटेलर मिट सम्पन्न भएको हो ।
कार्यक्रममा काठमाडौंका एक सय ५० जनाभन्दा बढी रिटेलरहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा टोटल इनर्जी इन्डियाका एक्स्पोर्ट मेनेजर पुरुषोतमन एमएसले कम्पनीका उत्पादनको रेन्ज र यसका विशेषताको बारेमा जानकारी गराएका थिए । यस्तै, कार्यक्रममा नेपाल अटो मेकानिक्स ट्रेड युनियनका पूर्वअध्यक्ष माधव प्रसाद पाण्डेले कमसल गुणस्तरका लुब्रिकेन्टको कारोबार बढ्दै गएको अवस्थामा गुणस्तरीय लुब्रिकेन्टको कारोबार गर्ने व्यवसायीलाई चुनौती थपिएको उल्लेख गरे । यस्तै, उनले आमविक्रेता र उपभोतmाहरूलाई गुणस्तरीय लुब्रिकेन्टको प्रयोग र बिक्री वितरण गर्न सुझाव दिए । नेपाल वर्कसप व्यवसायी संघका केन्द्रीय अध्यक्ष शरणकुमार गुरुङ्गले गुणस्तरहीन लुब्रिकेन्टको कारोबार मौलाउँदै जानु दुःखद् रहेको उल्लेख गर्दै यसलाई रोक्न मापदण्ड बनाउन सरकारसँग पहल गर्ने बताए ।
शंकर यमुना अटो पार्ट्सका म्यानेजिङ डाइरेक्टर शंकरराज कारजितको सभापतित्वमा भएको कार्यक्रममा नेपाल वर्कसप व्यवसायी संघका सहकोषाध्यक्ष श्रीप्रसाद गुरुङ्ग, लक्ष्मी ल्युब आयलका सेल्स मेनेजर उमेश घिमिरेलगायतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया