उद्योग संगठनद्वारा औद्योगिक हितका लागि संस्थागत ऐक्यबद्धताको आह्वान
विराटनगर । उद्योग संगठन मोरङले औद्योगिक हितका लागि संस्थागत ऐक्यबद्धता गर्न विभिन्न संघ संगठनहरूलाई आह्वान गरेको छ । संगठनले नेपाल उद्योग परिसंघ र विराट व्यापार संघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूसँग छलफल गरी औद्योगिक क्षेत्रको समष्टिगत हितका लागि संस्थागत ऐक्यबद्धता गर्न आग्रह गरेको हो ।
संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग व्यवसाय क्षेत्रको हक, हितका लागि स्थापित संस्थाहरू मिलेर अघि बढ्दा यस क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि सामूहिक पहल गर्नुपर्ने बताए । उनले वर्तमान समयमा उद्योग व्यापार क्षेत्र सबैभन्दा बढी प्रताडित भएको उल्लेख गरे । समस्या समाधानका लागि संस्थागत ऐक्यबद्धता समेत आवश्यक रहेको उनले बताए । सुरानाले सरकार र निजी क्षेत्र बीचको सहकार्यले मात्र औद्योगिक विकासले गति लिने भएकाले दुवै निकायबीच सकारात्मक सम्बन्ध विकास गर्न निजी क्षेत्रका संस्थाहरूको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए ।
यस्तै, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन शारडाले मौजुदा समयमा उद्योग व्यवसायमा छाएको सुस्तताको अन्त्यका लागि औद्योगिक क्षेत्रसँग सम्बन्धित व्यावसायिक संस्थाहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका थिए । उनले आर्थिक समृद्धिका लागि निजी क्षेत्रको विकास अपरिहार्य रहेको बताए । आर्थिक विकासका सन्दर्भमा देखिएका नीतिगत समस्याहरू समाधानका लागि निजी क्षेत्रका संस्थाहरूले गर्दै आएको पैरवीलाई आगामी दिनमा सामूहिकरूपमा गरी राज्यको ध्यानाकर्षण गर्नुपर्नेमा उनले जोड दिएका थिए ।
यस्तै, विराट व्यापार संघका अध्यक्ष अंशु बन्जाराले व्यापार व्यवसाय दयनीय अवस्थामा भएकाले यसको निकासको बाटो पहिल्याउने विषयमा विराट व्यापार संघ संस्थागतरूपमा सदैव तत्पर रहेको बताए । उनले समस्यैसमस्याको भूमरीमा जेलिएका व्यावसायिक क्षेत्रबीचको आपसी सम्बन्ध थप प्रगाढ बनाउनुपर्नेमा जोड दिए । संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले निजी क्षेत्रको सवलीकरणका लागि सामूहिकरूपमा पहल गरी व्यावसायिक विकासको पक्षका सकारात्मक वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया