Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलर्डबुद्ध एजुकेसन र माइक्रोसफ्टबीच सम्झौता

लर्डबुद्ध एजुकेसन र माइक्रोसफ्टबीच सम्झौता


काठमाडौं । सूचना प्रविधिसम्बन्धी कलेज लर्डबुद्ध एजुकेसन फाउन्डेसन र माइक्रोसफ्ट कम्पनीबीच शैक्षिक सहकार्य गर्ने समझदारी बनेको छ ।

फाउन्डेसनका अध्यक्ष पंकज जालान र माइक्रोसफ्टका नेपाल, बङ्गलादेश एवम् भुटान हेर्ने निर्देशक योसुप फारुखबीच शैक्षिक सहकार्य गर्ने समझदारी भएको हो । लर्डबुद्ध एजुकेसन फाउन्डेसनको सभाहलमा नेपाल क्लाउड प्रोफेसनलद्वारा आयोजित डट नेट सम्मेलनपछि माइक्रोसफ्टका निर्देशक फारुख र फाउन्डेसनका अध्यक्ष जालानबीच शैक्षिक सहकार्यको समझदारी बनेको कलेजले जनाएको छ ।

फाउन्डेसनले नेपाल क्लाउड प्रोफेसनलसँग समेत सूचना प्रविधिको क्षेत्रमा सहकार्य गरेको छ । सूचना प्रविधिको विकासका लागि शैक्षिक क्षेत्र, दक्ष जनशक्ति उत्पादनलगायतका विषयमा लर्डबुद्धले सहकार्य गर्दै आएको छ ।

नेपालको शैक्षिक र आर्थिक विकासमा सूचना प्रविधिको मुख्य भूमिका रहेकाले सम्बन्धित विभिन्न निकायमा सहकार्य गर्दै आएको अध्यक्ष जालानले बताए । विद्यार्थी पढ्दै कमाउँदै नीतिलाई फाउन्डेसनले व्यावहारिक कार्यान्वयन गर्दै आएको उनको भनाइ छ । माइक्रोसफ्टका निर्देशक फारुखले नयाँ–नयाँ प्रविधिको विकास कम्पनीको उच्च प्राथमिकतामा सधैँ रहने बताए । औद्योगिक र व्यावसायिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव पूरा गर्नका लागि कम्पनी सदैव तयार रहेको फारुखले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया