बीवाईडीको इलेक्ट्रिक सुपर कार मोडल यु९ सार्वजनिक
काठमाडौं । बीवाईडीले आफ्नो पहिलो प्रिमियम उप–ब्राण्डअन्तर्गतको इलेक्ट्रिक सुपरकार मोडल यु९को अनावरण गरेको छ । बिक्री मूल्य एक दशमलव ६८ मिलियन चिनियाँ रकम तोकिएको याङवाङ यु९को बिक्री वितरण यही वर्षको गर्मीमा गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यु९ लाई मजबुत प्रविधिहरूको प्रयोग गरेर, ट्र्याकका, सडकका तथा रमाइलोका लागि तयार गरिएको छ । यसमा दुई मुख्य प्रविधिहरू ई४ प्लेटफर्म र डिसुस–एक्स बडी रहेका छन् । ई४ प्लेटफर्म एक पावर सिस्टम हो, जसमा चार स्वतन्त्र इलेक्ट्रिक मोटरहरू छन् । चारवटै पाङ्ग्राको स्वतन्त्र ट्वर्क निर्यात नियन्त्रणले उपयोगकर्ताहरूलाई सुरक्षा, प्रदर्शन र अनुभव अनुभूति दिन्छ । यसमा एक हजार तीन सय हर्सपावर र अधिकतम एक हजार छ सय ८० एनएमको ट्वर्क क्षमता छ । यसैगरी यसमा डिसुस–एक्स इन्टेलिजेन्ट बडी नियन्त्रण प्रणाली छ । यसको प्रयोगले यु९ को सस्पेन्सनलाई उच्चतम ७५ एमएमसम्मको यात्रा गर्न दिन्छ । हालसालै गरिएको अनुसन्धानमा याङवाङ यु९ को शीर्ष गति तीन सय नौ दशमलव १९ किलोमिटर प्रतिघण्टा र शून्यदेखि एक सय किलोमिटर प्रतिघण्टा दुई दशमलव ३६ सेकेन्डमा, ०–४०० एम एसिलेरेसन मात्र नौ दशमलव ७८ सेकेन्डमा भन्ने प्रमाणित भएको थियो । त्योसँगै ट्रयाकमा गरिएको परीक्षणमा यु९को अतिसुधारिएको ताप व्यवस्थापन प्रविधिले उच्च तापको व्यवस्थापन गर्दै अधिकतम शीतलता धारण गर्ने क्षमतामा शतप्रतिशत वृद्धि देखाएको छ ।
कम्पनीका अनुसार याङवाङ यु९ डिलिङ्क एक सय ५० इन्टेलिजेन्ट प्लेटफर्मबाट सुसज्जित छ । विशेषगरी ट्र्याक ड्राइभिङको लागि डिजाइन गरिएको यो एक इन्टेलिजेन्ट रेसिङ सहायक हो । याङवाङ यू९ को क्याबिनमा दुई १४ तरिकाले समायोजन गर्न मिल्ने सिटहरू छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 9
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया