परिसंघ र नेपाल युएई चेम्बरबीच व्यावसायिक सम्बन्ध प्रवर्द्धन गर्न समझदारी
काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपाल युएई चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीबीच दुई देशबीच व्यावसायिक सम्बन्ध प्रबर्द्धन गर्नेबारे समझदारी भएको छ । बुधबार परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल यूएई चेम्बरका अध्यक्ष पवनकुमार अग्रवालले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले सहकार्यको मुख्य उद्देश्य दुवै देशबीच व्यावसायिक सम्बन्ध प्रवर्द्धन तथा लगानी सहजीकरण गर्नु रहेको बताए । परिसंघले विदेशी लगानीकर्ता तथा व्यवसायीहरूसँग सम्बन्ध विस्तार गर्ने उद्देश्य राखेर विभिन्न द्विदेशीय तथा अन्तर्राष्ट्रिय चेम्बरहरूसँग सहकार्य गर्दै आएको जानकारी दिए । यो सहकार्य दुवै संस्थाले आफ्नो देशको हितमा लगानी भित्र्याउन, नेपालको निर्यातको सम्भावना बढाउन तथा नेपाल यूएईबीच व्यवसाय प्रवर्द्धन गर्न उपयुक्त हुने उनको भनाइ थियो । साथै, उनले आगामी लगानी सम्मेलनका लागि युएईबाट लगानीकर्ताहरूलाई आकर्षित गर्न यो सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
नेपाल यूएई चेम्बरका अध्यक्ष पवनकुमार अग्रवालले परिसंघसँगको सहकार्यले लगानी प्रवर्द्धन, नेपालका वस्तु तथा सेवा निर्यात प्रवर्द्धनको वातावरण बनाउनुका साथै प्रविधि हस्तान्तरणमा पनि भूमिका खेल्ने बताए । परिसंघका उपाध्यक्ष हेमराज ढकालले नेपालमा धेरै सम्भावना भए पनि त्यसलाई पुँजीकरण गर्न नसकिएको बताए । यसका लागि नेपाललाई ठूलो लगानीको आवश्यकता रहेको उनको भनाइ थियो । नेपालजस्तो मुलुकको औद्योगिक तथा व्यावसायिक वृद्धिका लागि आर्थिक लगानी मात्र नभएर प्रविधि र सिपको पनि आवश्यकता रहेकोले युएईबाट एक्स्पर्टिज ल्याउन यस सहकार्यले सहयोग गर्ने उनले बताए ।
विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपाली तथा व्यावसायिक संघसंस्थाहरूसँग समन्वय गरी नेपालमा वैदेशिक लगानी आकर्षित गर्न, नेपाली उत्पादनहरूलाई विदेशी बजारमा पहुँच विस्तारमा मद्दत गर्नेलगायतका उद्देश्यअनुरुप परिसंघले नेपाली डायस्पोरा समन्वय समिति बनाएर काम गरिरहेको उनले जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया