Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजोन्टा क्लबको छैठौं वार्षिक साधारणसभा

जोन्टा क्लबको छैठौं वार्षिक साधारणसभा


काठमाडौं, जेठ २१
जोन्टा क्लब काठमाडौंले आफ्नो छैठौं वार्षिक साधारणसभा भर्चुअल रुपमा आयोजना गरेको छ । क्लबले औपचारिक रुपमा बाइएनीयम २०२०—२०२२ का लागि बोर्ड सदस्यहरुलाई स्वागत गरेको थियो, जुन अध्यक्ष जोन्टियन सीमा गोल्छाको नेतृत्वमा रहेको छ । बोर्डमा जोन्टियन आभा शाह, जोन्टियन कमल केशरी तुलाधर, जोन्टियन मृदुला राजभण्डारी र जोन्टियन मुन प्रधान रहेका छन् ।

गत वर्षमा जोन्टाले गरेको कामहरुका भिडियो, प्रिजेन्टेसन र रिपार्टहरु पनि प्रस्तुत गरिएको थियो जसमा शिक्षाप्रतिको काम, महिला हिंसा विरुद्ध, बालविवाह अन्त्यका लागि अभियानहरु र विभिन्न वकालत र सशक्तीकरण कार्यक्रमहरु समावेश गरिएको थियो । तत्कालीन भूपू अध्यक्ष जोन्टियन मीरा ज्योतिलाई सफल कार्यकाल पूरा भएकोमा आभार प्रकट गरिएको थियो । सोही समयमा क्लबमा पाँच जना नयाँ सदयस्यहरु पनि सम्मिलित भएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x