Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफेयरफिल्डको सातौँ वार्षिकोत्सव

फेयरफिल्डको सातौँ वार्षिकोत्सव


काठमाडौं । नेपालको पहिलो म्यारियट ब्रान्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले यो मार्च महिनामा आफ्नो सातौँ वार्षिकोत्सव मनाउन लागेको हो । नेपालमा अन्तर्राष्ट्रिय ब्राण्ड म्यारिअटलाई भित्र्याएर यस होटलले नेपालको पर्यटन क्षेत्रकै समग्र आतिथ्य सेवाको स्तरवृद्धि गर्न सफल भएको जनाएको छ ।

फेयरफिल्ड काठमाडौंमा आतिथ्य सेवाका लागि अल डे डाइनिङ रेस्टुराँ काभा, जापानिज रेष्टुराँ काकुकाकु सिका जिका र मेडिटेरिअन ओचो स्काई लाउन्ज तिन उत्कृष्ट रेष्टुराँहरू रहेका छन् । काभामा नेपाली, इन्डियन र वेस्टर्न खानाहरू पस्किने गरिएको छ भने काकुकाकु सिका जिकामा सुसी रोल, टेपनयाकीजस्ता प्रसिद्ध जापानी खाना पाइन्छ । ओचो स्काई लाउन्जमा भने काठमाडौं सहरको रङ्गीन वातावरण नियाल्दै इटालियन र स्पेनिस खानाको स्वाद लिने अवसर मिल्नेछ ।

काठमाडौंको मुटु मानिने ठमेलको मुखैमा रहेको फेयरफिल्डबाट काठमाडौं दरबार स्क्वायर दश मिनेटको दूरीमा पर्छ भने दरबारमार्ग पाँच मिनेटभन्दा कमको पैदल यात्रामा पुग्न सकिन्छ । यहाँको रात्रिजीवन, सांस्कृतिक विविधताको अनुभूति गर्न चाहने पर्यटकहरूको फेयरफिल्ड साझा रोजाइ बन्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया