Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभो भी३० सार्वजनिक हुनुअघि नै गायिका जोशीको हातमा

भिभो भी३० सार्वजनिक हुनुअघि नै गायिका जोशीको हातमा


काठमाडौं । होटल सोल्टीमा हालै आयोजित एक औपचारिक प्रेस मिटमा नेपाल आइडल सिजन ५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएको छ । यो नयाँ स्मार्टफोनको बारेमा विस्तृतमा सम्पूर्ण विवरणहरूको खुलासा भइसकेको छैन । यद्यपि यसको प्रारम्भिक झलकबाटै प्रयोगकताहरूले भी३० स्मार्टफोनमा आकर्षक विशेषताहरू र डिजाइन हुने अनुमान गरिरहेका छन् ।

नयाँ स्मार्टफोनको झलक र कम्पनीको गाइँगुइँबाट स्मार्टफोन फोटोग्राफीमा क्रान्ति ल्याउँदै क्यामेरा एड्भान्समेन्टमा पनि विशेषगरी पोट्रेट क्षमतामा बलियो फोकस रहेको दर्शाउँछ । भी२९ को स्मार्ट कलर टेम्परेचर एडजस्टमेन्टको सफलतापछि, भी३० मा औरा लाइट पोट्रेट विशेषता रहेको छ । जसमा टाढा दूरीमा रहेका वस्तुलाई पनि गुणस्तरीय पोट्र्रेटमा खिच्न मिल्ने डिस्टेन्स सेन्सेटिभ लाइटिङको विशेषता प्रदान गर्ने अपेक्षा गरिएको छ । यसको साथै, फोनमा आकर्षक ग्रुप फोटोहरू र परिदृश्यहरू खिच्नका लागि शक्तिशाली ५०एमपी अल्ट्रा–वाइड–एंगल क्यामेरा आउने अपेक्षा गरिएको छ ।

इन्दिरा जोशीले प्रयोग गरेको देखिएकोे फोन भी३० क्लासिक ‘नोबल ब्ल्याक’ रंगमा रहेको र यो फोन विभिन्न डिजाइन विकल्पहरूमा आउने संकेत गरेको छ । पर्फमेन्सको सन्दर्भमा भी३० स्मार्टफोनमा ५००० एमएएच ब्याट्री र ८० वाट फ्ल्यास चार्ज आउनेछ । साथै यो एक स्लिम फोन रहेको र प्रयोगकर्ताको सहज अनुभवको लागि स्न्यापड्रेगन ७ जेन ३ प्रोसेसर साथ आउनेछ । फोनले प्रिमियम लुक र स्मुद भिजुअलको लागि १२० हर्ट्ज रिफ्रेस रेटको साथमा थ्रिडी कर्भ स्क्रिन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

योसँगै, भिभो भी३० स्मार्टफोनको लन्चका लागि प्रयोगकर्ताहरू माझ उत्साह बढेको छ । सुन्दरता, उन्नत क्यामेरा सुविधाहरू र उत्कृष्ट कार्यसम्पादनको प्रतिज्ञा गर्दै भिभोले स्मार्टफोन क्षेत्रमा एक पटक फेरि तरंगहरू ल्याउन तयारी गरिरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया