विनाझन्झट इन्स्टा फाइनान्स सुविधामा सामसङका नयाँ ग्यालेक्सी स्मार्टफोन
काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसङले गत वर्षबाट नेपालमा सञ्चालनमा ल्याएको इन्स्टा फाइनान्स सेवालाई थप सरलीकृत गरेको छ । यो सेवामा शून्य प्रतिशत ब्याज ईएमआईमा नयाँ ग्यालेक्सी स्मार्टफोनहरू प्राप्त गर्न सुविधा दिइएको थियो ।
हालै सामसङ नेपालले यो सुविधाको लाभ लिनको लागि अझै सहज पारेको हो । ग्राहकहरूले मात्र आफ्नो र आफ्नो ग्यारेन्टरको नागरिकता पेस गरेर यो सेवा उपभोग गर्न पाउने भएका छन् । ‘हुन त पहिले पनि इन्स्टा फाइनान्सको प्रक्रिया झन्झटरहित नै थियो । तर सो प्रक्रियाको लागि अरू पनि थप कागजातहरूको आवश्यकता पथ्र्यो’ कम्पनीले भनेको छ । कम्पनीका अनुसार अब भने ग्राहकहरू आफ्नो र आफ्नो ग्यारेन्टरको दुई–दुई पासपोर्ट साइजको फोटो र नागरिकताहरू बोकी आफ्नो नागरिकता जारी गरेको जिल्लामा रहेको कुनै पनि आधिकारिक सामसङ फाइनान्स स्टोरमा गएर यो सेवा लिन सक्नेछन् । २० हजार रुपैयाँ वा सोभन्दा बढी मूल्य भएको ग्यालेक्सी स्मार्टफोन शून्य प्रतिशत ब्याज रहेको ईएमआईमा प्राप्त गर्न सक्ने छन् ।
इन्स्टा फाइनान्सको साथसाथै, ग्राहकहरूले १८ वैशाख २०८१ सम्मको अवधि आफ्नो कुनै पनि पुरानो डिभाइस एस्चेन्ज गरी एन्हान्स्ड ट्रेड–इन बेनिफिटसद्वारा नयाँ ग्यालेक्सी एस२४ सिरिजका लिन सक्नेछन् । यो अफर अर्को स्टोर र सबको फोनलगायतका ट्रेड पार्टनरहरूमार्फत उपलब्ध गराइएको छ । यस सेवामार्फत ग्राहकले आफ्नो पुरानो सामसङको एस, एन वा जेड सिरिज वा कुनै पनि एप्पल स्मार्टफोनको मूल्याङ्कनमा थप पाँच हजार रुपैयाँ बोनस पाउनेछन् भने सामसङ ग्यालेक्सी ए वा एम सिरिजका स्मार्टफोन एस्चेन्ज गर्दा तीन हजार रुपैयाँ बोनस पाउनेछन् । यी सुविधाहरू नेपालभरि नै उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6
ताजा अपडेट
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया