एनसेलको राष्ट्रव्यापी सचेतना अभियान सुरु
काठमाडौं । एनसेलले मेरी स्टोप्स इन्टरनेसनल नेपाल र अस्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागसँगको संयुक्त सहकार्यमा पाठेघरको मुखको क्यान्सरको परीक्षण र रोकथामका लागि राष्ट्रव्यापी सचेतना अभियान सुरु गरेको छ ।
एनसेलसँगको साझेदारी र अस्ट्रेलियन सरकारको वैदेशिक मामिला तथा वाणिज्य विभागको सहयोगमा मेरी स्टोप्स इन्टरनेसनल नेपालले बिहीबार सो सचेतना अभियानको घोषणा गरेको हो । यस अभियानको मुख्य उद्देश्य अभियान लागू हुने जिल्लाहरूमा पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने र खोपको माध्यमबाट पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सघाउ पु¥याउने रहेको छ । पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूमा हुने क्यान्सरहरूमध्ये पहिलो स्थानमा पर्छ, जसको कारण महिलाहरूले अकालमै ज्यान गुमाउनुपरेको तथ्याङ्कले देखाउँछ । सन् २०२२ मा मात्रै दुई हजार एक सय ६९ जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सर भएको पाइएको थियो भने यस रोगको कारण एक हजार तीन सय १३ जनाले आफ्नो ज्यान गुमाएका थिए ।
यो अभियान सञ्चालनका लागि एनसेलको बृहत् नेटवर्क, सामाजिक सञ्जाल र मेरी स्टोप्स इन्टरनेसनल नेपालको समुदायस्तरमा रहेको उपस्थितिको उपयोग गरिनेछ । यसबाहेक यस अभियानले पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा महत्वपूर्ण जानकारी फैलाउन विभिन्न सञ्चार माध्यमहरू प्रयोग गर्नेछ । यही महिना अर्थात् मार्च २०२४ देखि सञ्चालन हुने यस सचेतना अभियानअन्तर्गत नौदेखि ४९ वर्ष उमेर समूहका किशोरी तथा महिलाहरूलाई लक्षित गरी विभिन्न क्रियाकलापहरू सञ्चालन गरिनेछन् । एनसेलको सेवा सञ्जालको पहुँचलाई उपयोग गर्दै यस अभियानका लागि पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा महत्वपूर्ण जानकारी प्रवाह गरिनेछन् । त्यसैगरी आमसञ्चार माध्यम, सामाजिक सञ्जाल र सामुदायिक संलग्नतालगायत विभिन्न सञ्चार माध्यमको प्रयोग गरिनेछन् ।
यस सचेतना अभियानअन्तर्गत सचेतनामूलक अभियान सञ्चालन गर्ने, विभिन्न सञ्चार माध्यमबाट जनहितमा जारी सूचनाहरू सम्प्रेषण गर्ने, सचेतनामूलक दृश्यश्रव्य सामग्रीहरू तयार पारी प्रसारण गर्ने, ‘वाकाथन’ को आयोजना गर्ने, अभियानका सन्देशलाई आउटबाउन्ड रिङटोन र एसएमएसमार्फत लक्षितवर्गसम्म पुर्याउनेजस्ता कार्यक्रमहरू रहेका छन् । यसबाहेक यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मेरी स्टोप्स इन्टरनेसनल नेपालले ५० जना सेवाग्राहीलाई निःशुल्क स्क्रिनिङ सेवा प्रदान गरिने बताइएको छ । यी संयुक्त प्रयासहरूमार्फत सञ्चालन हुने यस सचेतना अभियानले पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा खोपको महत्वको बारेमा जानकारीमा पहुँच बढाउने दाबी गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
- इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया