टेलिकमको ब्राण्ड एम्बेस्डरमा महजोडी
काठमाडौं । नेपाल टेलिकमले महजोडीको रूपमा परिचित कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई आफ्नो ‘ब्रान्ड एम्बेसडर’मा नियुक्त गरेको छ ।
हास्यव्यङ्ग्य तथा कलाकारिताको क्षेत्रमा विशिष्ठ पहिचान बनाएका महजोडीलाई आगामी एक वर्षका लागि कम्पनीको ब्रान्ड एम्बेसडरमा नियुक्त गरिएको बताइएको छ । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उनीहरूलाई नियुक्त गरिएको सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) तथा कलाकारद्वय श्रेष्ठ र आचार्यले हस्ताक्षर गरेका छन् । टेलिकमका प्रबन्ध निर्देशक पहाडीले नेपाली कला क्षेत्रका दुई नक्षत्रसँगको कम्पनीको आबद्धता महत्वपूर्ण रहेको बताइन् । ब्रान्ड एम्बेसडरमार्फत कम्पनीका विभिन्न सेवाहरूका बारेमा जनतालाई समयमै सुसूचित गर्ने कार्यमा सहयोग पुग्ने उनको विश्वास थियो ।
कार्यक्रममा ब्रान्ड एम्बेसडरद्वय श्रेष्ठ र आचार्यले स्वदेशी लगानी भएको टेलिकमजस्तो गरिमामय सरकारी निकायसँग आबद्ध हुन पाउँदा गौरवान्वित महसुस भएको बताएका थिए । मुलुकको कलाकारिता तथा सञ्चारको क्षेत्रमा विशिष्ठ पहिचान बनाएका ब्रान्ड एम्बेसडरहरूको संलग्नताबाट ग्राहकले कम्पनीका विविध सेवा सम्बन्धमा सहजरूपले जानकारी प्राप्त गर्ने जनाइएको छ । कम्पनीले आफ्ना सेवाहरूको प्रवद्र्धन गरी सशक्तरूपमा जनता समक्ष सेवा विस्तार गर्ने कार्यमा सहयोग मिल्ने अपेक्षा समेत गरेको छ । यसैगरी सञ्चारकर्मी श्री पाण्डे र डा. सन्तोष उपाध्यायलाई कम्पनीले यस अघि नै “ब्राण्ड प्रमोटर” रूपमा नियुक्त गरिसकेको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
- ‘ब्ल्याक सार्क’ नेपाल भित्रिने अन्तिम तयारीमा
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
- मानव तस्करीमा मुछिएका ११ जना विरुद्ध मुद्दा पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया