Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगब्युटिपार्लर तथा सैलुन सञ्चालनमा ल्याउन दिन आग्रह

ब्युटिपार्लर तथा सैलुन सञ्चालनमा ल्याउन दिन आग्रह


काठमाडौं, जेठ २२
सौन्दर्यकला व्यवसायी संघ, नेपालले ब्युटिपार्लर तथा सैलुन व्यवसाय सञ्चालनमा ल्याउन दिन सरकारसँग आग्रह गरेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण सबै उद्योग, व्यापार तथा अन्य सम्पूर्ण व्यवसाय ठप्प हुँदा व्यवसाय सञ्चालन गरेर परिवार पाल्दै आएका व्यवसायी समस्यामा परेको संघकी अध्यक्ष कमला श्रेष्ठले बताइन् । रोगको भन्दा सटर भाडा कसरी तिर्ने, घर परिवार कसरी पाल्ने भन्ने चिन्ता व्यवसायीहरुमा पर्न थालेको उनको भनाइ छ । व्यवसाय सञ्चालन गरेर घर परिवार सञ्चालन गर्दै आएका साना व्यवसायीलाई सरकारबाट कुनै राहतको व्यवस्था नभएको भन्दै संघले स्वास्थ्य सुरक्षा अपनाएर व्यवसाय सञ्चालन गर्न दिने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ ।

संघकी अध्यक्ष कमला श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लकडाउन लागू भएको पनि दुई महिना नाघिसकेको छ । कहिले खुल्ले एकीन छैन । लकडाउन हटे पनि कारोबार तथा व्यवसाय कसरी सञ्चालन गर्न सकिने हो कुनै मापदण्ड तयारी छैन ।’ लकडाउनबाट साना एवं मझौला व्यवसायीलगायत आम सर्वसाधारण नागरिकको जीवन निर्वाहसम्म असहज बन्दै गएको यथार्थतालाई मनन गरी उद्योग व्यवसाय सञ्चालनमा सहजता ल्याउन र लकडाउन खुकुलो पारी व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन सरकारसंग आग्रह गर्दै संघले सरकारले जारी गरेका सबै गाइडलाइनहरू पालना गरेर व्यवसाय सञ्चालन गर्न आफूहरु तयार रहेको पनि जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x