शाओमीको रेड्मी ए थ्री स्मार्टफोन नेपालमा
काठमाडौं । शाओमीले नेपालमा रेड्मी ए थ्री लन्च गरेको छ । रेड्मी ए थ्री लन्चसँगै शाओमीले आफ्नो इन्ट्री लेभल लाइनअपलाई झनै विस्तार गरेको जनाएको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले रेड्मी ए थ्रीमा प्रभावशाली प्रदर्शन, उत्कृष्ट डिस्प्ले र एआई डुअल क्यामेरालगायत स्मार्टफोनमा हुनुपर्ने सबै फिचरहरू उपलब्ध रहेको बताए । रेड्मी ए थ्री स्टाइल, इनोभेसन र पर्फर्मेन्सको कम्बिनेसन भएको उनको दाबी थियो । कम्पनीका अनुसार १० वाट फास्ट चार्जिङ र पाँच हजार एमएच ब्याट्रीको साथ रेड्मी ए थ्रीलाई युएसबी टाईप सीमा चार्ज गर्न सकिनेछ । ग्लास ब्याक र लेदर टेक्सचर ब्याक गरी दुईवटा ब्याक डिजाइन भेरियन्टमा उपलब्ध यो स्र्माटफोनमा साइड फिंगरप्रिन्ट स्क्यानरजस्ता सुरक्षाका सुविधाहरू उपलब्ध छन् ।
रेड्मी ए थ्रीको ६.७१ इन्चको एचडी प्लस डिस्प्ले र १६५०×७२० पिक्सेलको रिजोल्युसनले हरेक तस्वीरलाई आकर्षक बनाउँछ । मिडियाटेक हेलियो जी ३६ प्रोसेसर र २.२ गिगाहर्जसम्मको क्लक स्पिडका साथ रेड्मी ए थ्रीले फास्ट पर्फमेन्स र सिमलेस मल्टिटास्किङ सुनिश्चित गर्ने कम्पनीको दाबी छ । चार जीबी र्याम (चार जीबी विस्तारित) र १२८ जीबी स्टोरेजको (१ टीबी सम्म बढाउन सकिने ) यो फोन प्रयोगकर्ताले स्मुथ अपरेसन र आकर्षक स्टोरेजको मजा लिन सक्नेछन् । रेड्मी ए वान रेड्मी ए टुमा रहेको एन्ड्रोइड गो भर्जनबाट अपग्रेड भई रेड्मी ए थ्रिले एन्ड्रोइड १४ को स्वाद दिनेछ । यस फोनले दुई मुख्य एन्ड्रोइड अपडेटहरू र तीन वर्षको सेक्युरिटी प्याच अपडेटहरू प्राप्त गर्नेछ ।
यस्तै, रेड्मी ए थ्रीले स्लिक डिजाइन र कोर्निङ आर गोरिल्ला आर ग्लास ३को सुरक्षा पनि प्रदान गर्नेछ । रेड्मी ए थ्रीमा ओलिभ ग्रिन, मिडनाइट ब्ल्याक र लेक ब्लु कलरहरूमा ३/६४ जीबी र ४/१२८ जीबी भेरियन्टमा उपलब्ध हुनेछ । यसको मूल्य क्रमशः ११ हजार नौ सय ९९ रुपैयाँ र १२ हजार नौ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी सबै भेरियन्टहरू आधिकारिक मी स्टोर र शाओमीका आधिकारिक रिटेलरहरूमा उपलब्ध हुनेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
- ‘ब्ल्याक सार्क’ नेपाल भित्रिने अन्तिम तयारीमा
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
- मानव तस्करीमा मुछिएका ११ जना विरुद्ध मुद्दा पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया