कोका–कोलाको सक्षम तालिमको तेस्रो संस्करण सुरु
काठमाडौं । कोका–कोलाको महिला उद्यमी सशक्तीकरण पहलअन्तर्गतको ‘सक्षम’ तालिमको तेस्रो संस्करण सुरु भएको छ । कम्पनीले विगत दुई वर्षदेखि महिला उद्यमशीलतालाई प्रवद्र्धन गर्ने उद्देश्यले सक्षम तालिम सञ्चालन गरी रहेको छ ।
बोटलर्स नेपाल लिमिटेडका दीपक सेन्थिल नाथले सक्षमले महिला उद्यमीहरूको सिप बढाउन मात्र नभई उनीहरूको आत्मविश्वास बढाउन र समान विचार भएका महिलाहरूबीच सञ्जाल बनाउन पनि महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । सक्षमले महिला स्टार्टअपलाई व्यापक सहायता समेत प्रदान गर्ने गरेको छ । कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले सक्षम तेस्रो संस्करणले महिला उद्यमीहरूलाई अर्थतन्त्रमा समावेश गराउनुका साथै सुवर्ण अवसरहरू सिर्जना गर्ने बताइन् । पहिलेका संस्करणहरूझैँ यस संस्करणले पनि नेपाली महिलाहरूको उद्यमशीलताको यात्रामा प्रभावशाली भूमिका खेल्ने उनको विश्वास छ ।
कोका–कोला नेपालका सस्टेनेबिलिटी पार्टनर, एटेलियर प्लेटफर्मका संस्थापक रितु गुरुङ केसीले सक्षम तेस्रो संस्करणको मुख्य लक्ष्य भनेको दिगो विकास रहेको बताइन् । सक्षम तेस्रो संस्करणको प्राथमिक उद्देश्य भनेको महिलाहरूलाई सशक्तीकरण गरी व्यावसायिक सिपहरू अभिवृद्धि गर्ने र देश विकासका लागि अनुकूल वातावरण बनाउने हो । पहिलाको संस्करणहरूमा झैँ यस संस्करणमा पनि कोका–काला नेपालको टिमले चयन गरेका एक हजार जना महिला उद्यमीहरूलाई तालिम प्रधान गर्ने कम्पनीले जानकारी दिएको छ । कोका–कोला नेपालको यस पहल विशेष गरी व्यवसाय र खानपान व्यवसायमा संलग्न महिला उद्यमीहरूमा लक्षित हुनेछ ।
देशको पहाडी क्षेत्र र पश्चिमी भागका सहरी र ग्रामीण क्षेत्रहरू केन्द्रित सक्षमले सबै क्षेत्रका महिला उद्यमीहरूलाई आवश्यक स्रोतसाधनमा पहुँच पु¥याउने लक्ष्य राखेको छ । सक्षमको यस तेस्रो संस्करण सन् २०२४ को अन्त्यसम्म देशभरिका विभिन्न स्थानहरूमा आगमी नौ महिनासम्म सञ्चालन हुनेछ । चार महिनासम्म तालिम प्रदान गरिने यस कार्यक्रमको पहिलो ३ महिना एक्सिलिरेटर र मेन्टरसिप कार्यक्रम हुनेछ, जहाँ नेतृत्व, आतिथ्य व्यवस्थापन, डिजिटल मार्केटिङ, वित्तीय साक्षरता, स्वोट एनालाइसेससम्बन्धी प्रशिक्षण प्रदान गरिनेछ । सक्षम तेस्रो संस्करण कोका–कोला र एटेलियर प्लेटफर्म प्राइभेट लिमिटेडले संयुक्तरूपमा सञ्चालन गर्ने छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
- ‘ब्ल्याक सार्क’ नेपाल भित्रिने अन्तिम तयारीमा
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया