कर विवरण एवं कर रकम बुझाउने समय असोज मसान्तसम्म थप्न माग
काठमाडौं, जेठ २२
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कर विवरण एवं कर रकम बुझाउने समय असोज मसान्तसम्म थप्न सरकारसँग माग गरेको छ । नाडाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण लामो समयदेखि सबै किसिमका आर्थिक कारोबार मात्र थप नभई उत्पादन र वितरणलगायत सम्पूर्ण आपूर्ति प्रणाली नै बन्द रहेको अवस्थामा सरकारले तोकेको समयमा कर बुझाउन नसकिने जनाएको छ । नाडामा महासचिव सुनिल रिजालले एक विज्ञप्ति जारी गर्दै व्यवसायीहरुले कर विवरण र कर रकम विभागले तोकेको समयमा बुझाउन कठिन भएको मौखिक रुपमा जानकारी दिँदै आएकोले व्यवसायीहरुको जायज र न्यायोचित मागलाई सम्बोधन गर्ने गरी आयकर, मूल्य अभिवृद्धिकर, अन्तःशुल्कको विवरण र कर रकम बुझाउने म्याद असोज मसान्तसम्म थप गर्न सरकारसँग आग्रह गरेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो
- गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन
- भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने
- द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष
- निर्मला पन्तको हत्या घटनामा प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने व्यक्ति नियन्त्रणमा
- धनराजलाई सिआईबीले लियो सुटुक्क बयान ! फरार श्रीमती बिरुद्ध इन्टरपोलमा रेड नोटिस जारी
- यूएईलाई हराउँदै यू-१९ महिला विश्वकपमा नेपाल छनोट
- राष्ट्रपति पौडेलले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा राखेको सम्बोधनको पूर्ण पाठ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया