Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘व्यापार व्यवसाय सञ्चालन गर्न नदिएसम्म कर तिर्न सकिंदैन’

‘व्यापार व्यवसाय सञ्चालन गर्न नदिएसम्म कर तिर्न सकिंदैन’


काठमाडौं, जेठ २२
नेपाल चेम्बर अफ कमर्सले व्यापार व्यवसाय सञ्चालन गर्न नदिएसम्म कर तिर्न नसकिने बताएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण निजी क्षेत्र डामाडोल भइरहेको अवस्थामा कर तिर्न ताकेता गर्नु असान्दर्भिक भएको चेम्बरको भनाइ छ । कोभिड–१९ को प्रकोपका कारण मुलुक लकडाउनमा भएकोले समग्र आर्थिक एवम व्यावसायिक कारोबार ठप्प अवस्थामा तरलताको अभावले कर्मचारी मजदुरको पारिश्रमिकलगायत अन्य बैंकको ब्याज किस्ता तथा अन्य विविध खर्चहरु समेत धान्न नसकिरहेको अवस्थामा तत्काल कर तिर्न नसकिने भन्दै चेम्बरले लकडाउन समाप्त भई व्यावसायिक वातावरण सुचारु भएको ३ महिनामा कर विवरण एवं रकम बुझाउने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

चेम्बरले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आ.व. २०७७/०७८ को प्रस्तुत बजेट सम्बोधनको क्रममा समेत व्यावसायिक क्षेत्रले भोगिरहेको कठिन चुनौतीलाई स्वीकार गरिसकेको अवस्था पनि छ । यस्तो कठिन अवस्थामा व्यावसायिक क्षेत्रबाट नगद प्रवाहको अभावले तत्कालै कुनै पनि करहरु तिर्न असमर्थ रहेको अवस्थामा आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कको विवरण र कर रकम लकडाउनको अवधिमा बुझाउने म्याद जारी हुनु आफैँमा विडम्बनापूर्ण रहेको छ ।’ साथै चेम्बरले स्वास्थ्य सुरक्षाको प्रत्याभूतिका साथ लकडाउनको अवधिमा पनि व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरण सिर्जना गर्न माग गरेको छ । सरकारले मंगलबार एक सूचना जारी गरी जेठ २५ गतेसम्म कर बुझाइसक्न निर्देशन दिएको थियो तर त्यसको चौतर्फी विरोध भए पनि सरकारले कर तिर्ने म्याद थपेर असार ७ गतेसम्म पु-याएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x