Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकाठमाडौंको बौद्धमा ‘फोल्तोङ’ नेपाली स्ट्रिट फुड सञ्चालन

काठमाडौंको बौद्धमा ‘फोल्तोङ’ नेपाली स्ट्रिट फुड सञ्चालन


काठमाडौं । काठमाडौंको बौद्धस्थित ‘फोल्तोङ’ नेपाली स्ट्रिट फुडको ग्रान्ड ओपनिङ गरिएको छ । बौद्धस्थित शेर्पा गुम्बा सङ जोडीको पहिलो र दोस्रो तल्लामा एक कार्यक्रमबीच गायक एवम् संगीतकार कर्म बोम्जनले ओपनिङ भएको घोषणा गरेका हुन् । दावा डुक्पा लामा र डिकी लामाले संयुक्तरूपमा उक्त रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

रेस्टुरेन्टमा नेपाली र चाइनिज खानाको परिकार उपलब्ध हुनेछ । विशेषगरी फोल्तोङ(ढिलो) यहाँको मुख्य परिकार हुने सञ्चालक डिकी लामाले बताइन् । दावा डुक्पा लामा डेढ दशकभन्दा लामो समय भारतस्थित आईटीसी सेराटेन होटलमा प्यानेसेन सेफको रूपमा कार्यरत थिए । आफ्नै देशमा व्यवसायमार्फत नेपाली र चाइनिज खानाको प्रवद्र्धन गर्ने हेतुले व्यवसाय सञ्चालनमा ल्याएको उनले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया