निसानको म्याग्नाइट एसयुभीको स्मार्ट इडिसन सार्वजनिक
काठमाडौं । नेपालमा निसान गाडीको अधिकारिक विक्रेता पायोनियर मोटो कर्पले निसान म्याग्नाइटको स्मार्ट इडिसन संस्करण (भेरियन्ट) सार्वजनिक गरेको छ ।
नेपालमा सन् २०२१ मा सार्वजनिक भई नेपाली बजारमा लोकप्रियता पाएको यो ‘बिग’, ‘बोल्ड’, ‘ब्युटिफुल’ र ‘कारिज्माटिक’ एसयुभी–निसान म्यागनाइट—अब नयाँ स्मार्ट/नवीनतापूर्ण आरामदायी सुविधाहरूसहित उपलब्ध भएको हो । निसान म्याग्नाइट स्मार्ट इडिसन, मार्च महिनाभर खरिद गर्दा विशेष छुटका साथ आकर्षक मूल्यको लाभ लिन सकिन्छ । यस गाडीको खरिदमा ग्राहकहरूले विभिन्न लाभहरू समावेश गरी तीन लाख १६ हजार एक सय ९६ रुपैयाँसम्मका फाइदाहरू प्राप्त गर्न सक्नेछन् । यी सुविधाहरूमा केही नियम र सर्तहरू लागू हुने छन् ।
निसान म्याग्नाइट स्मार्ट इडिसनमा अतुलनीय मनोरञ्जनका लागि नयाँ आठ इन्च टच स्क्रिन नेभिगेसन डिस्प्ले उपलब्ध छ । साथै, यसमा ढुक्कले ड्राइभिङ गर्न सक्षम बनाउने फग लाइटहरू समावेश गरिएका छन् । स्मार्ट एलईडी डीआरएलले कारको डिजाइनमा सुन्दरता थपेको छ । कम्पनीका अनुसार एलोय ह्विल, मस्कुलर लाइनहरू र डायनामिक स्टाइल डिजाइनले गर्दा यो गाडी हरेक कोणबाट साँच्चिकै आकर्षक र बोल्ड देखिन्छ । वायरलेस चार्जर भएकाले ड्राइभको आनन्द लिँदै, सजिलै मोबाइल चार्जमा राख्न सकिन्छ ।
निसान मोटर साउथ एसिया बिजनेस युनिटका प्रमुख रघुनाथ नैरलेले निसान म्याग्नाइट स्मार्ट इडिसन गाडीले निसानको निरन्तर इनोभेसन(नवप्रवर्तन)द्वारा ग्राहकलाई समृद्ध ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्यलाई झल्काउने बताए । यस्तै, पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाले नयाँ म्याग्नाइट स्मार्ट इडिसन, स्मार्ट, सरल र आधुनिक अनुभव खोज्ने नेपाली उपभोक्ताहरूका लागि उपयुक्त रहेको दाबी गरे । निसान म्यागनाइट एएमटी चाँडै नै देशव्यापीरूपमा उपलब्ध हुने तयारीमा रहेको छ । यस्तै, कम्पनीले निसान सोरूममा सम्पर्क गरी यो नयाँ एएमटी भेरियन्टमा ड्राइभिङ अनुभव लिन पनि सकिने जनाएको छ ।
कम्पनीका अनुसार निसान म्याग्नाइट स्मार्ट इडिसन, देशव्यापी विभिन्न निसान डिलरसिपहरूमा उपलब्ध छ । पायोनियर मोटो कर्पले सम्पूर्ण ग्राहकहरूलाई आफ्नो नजिकको निसान सोरुममा सम्पर्क गरी यो नयाँ इडिसनको अनुभव गर्न र नयाँ योजनाका छुट र फाइदाहरूको लाभ लिन आग्रह समेत गरेको छ । पायोनियर मोटो कर्पले निसानको सम्पूर्ण मोडलको गाडीका लागि बिक्री, सर्भिसिङ र पार्टपुर्जा, सुविधा उपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
- ‘ब्ल्याक सार्क’ नेपाल भित्रिने अन्तिम तयारीमा
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
- मानव तस्करीमा मुछिएका ११ जना विरुद्ध मुद्दा पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया