नयाँ सामसङ ग्यालेक्जी फिटथ्री सार्वजनिक
काठमाडौं । सामसङ नेपालले आफ्नो सबैभन्दा नयाँ सटिक फिटनेस ट्रयाकर ग्यालेक्सी फिटथ्री सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ग्यालेक्सी फिटथ्री सामसङको सबैभन्दा नयाँ लगाउन मिल्ने (वेरेबल) डिभाइस हो ।
सामसङ नेपालका एमएक्स बिजनेसका निर्देशक प्रणय रत्न स्थापितले ग्यालेक्सी फिटथ्रीले दैनिक वेलनेसलाई प्रवर्द्धन गर्ने र सबैलाई आफूलाई उत्कृष्ट बनाउन प्रेरित गर्ने पहुँचयोग्य स्रोतहरू प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई जोड दिएको बताए । यसमा फराकिलो डिस्प्लेसहितको एल्युमिनियम बडी छ । साथै, यो हलुका र लगाउन एकदमै आरामदायक रहेको कम्पनीले जनाएको छ । यस्तै, यसको ब्याट्री १३ दिनसम्म टिक्ने बताइएको छ । प्रयोगकर्ताहरूले आफ्नो ट्रयाकरलाई निजीकृत गर्न सक्छन् र एक सयभन्दा बढी प्रिसेटहरू सेटिङबाट आफ्नो मनपर्ने वाच फेस छनोट गरेर वा ब्याकग्राउण्डको रूपमा आफ्नै फोटोहरू सेट गरेर यसलाई थप स्टाइलिस बनाउन सक्छन् । प्रयोगकर्ताहरूले सजिलैसँग एक–क्लिक बटनको साथ आफ्नो फेसन र दैनिक दिनचर्याहरू सुहाउँदो ब्यान्डहरू मिलाएर लगाउन सक्छन् ।
ग्यालेक्सी फिटथ्रीमा ५ एटीएम रेटिङ र आइपी ६८ रेट गरिएको पानी र धुलो प्रतिरोध सुविधा छ । साथै, यसमा फल डिटेक्सन र इमर्जेन्सी एसओएसलगायतका नयाँ सुरक्षा सुविधाहरू थपिएका छन् । असामान्य गिरावट पत्ता लाग्नेबित्तिकै यसले प्रयोगकर्ताहरूलाई आपतकालीन सेवाहरूका लागि समयमै चिकित्सा सहायता प्राप्त गर्न कल गर्ने विकल्प प्रदान गर्छ । प्रयोगकर्ताहरू आपतकालीन अवस्थामा हुँदा तिनीहरूले साइड बटन पाँच पटक थिचेर तुरुन्तै एस ओ एस पठाउन सक्छन् । यो ग्रे, सिल्भर, पिङ्क गोल्ड रङ्गहरूमा उपलब्ध रहेको यो उपकरणको मूल्य सात हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
- ‘ब्ल्याक सार्क’ नेपाल भित्रिने अन्तिम तयारीमा
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया