‘डिजीपे–लकडाउन्स गट ट्यालेन्ट’ सुरु
काठमाडौं, जेठ २५
स्टेट एट मिडियाले डिजीपेको प्रायोजनमा ‘घरमै बस्नुस् प्रतिभा देखानुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्’ भन्ने मूल नाराका साथ नेपालमै अनौठो प्रतियोगिता ः डिजीपे–लकडाउन्स गट ट्यालेन्ट सुरु गरेको छ । कोरोना भाइरस महामारीका कारण लगाइएको लकडाउनमा स्वःस्फूर्त रुपमा टिकटक, फेसबुकसहितका सामाजिक सञ्जालमा भिडियो बनाएर अपलोड गर्ने क्रम बढेसँगै स्टेट एट मिडियाले डिजीपेको सहकार्यमा यसैलाई अवसरमा रुपान्तरण गर्न ‘डिजीपे– लकडाउन्स गट ट्यालेन्ट’ प्रतियोगिता आयोजना गरेको हो ।
यो प्रतियोगितामा भाग लिन आफूमा रहेको जुनसुकै प्रतिभा (नृत्य, गायन, अभिनय, जादुगरी, संगीत, पाककला (कुकिङ), टिकटक, कविता आदि)को भिडियो बनाइ पठाउनुपर्ने र ती भिडियो सामाजिक सञ्जालमा लाइक, सेयरको आधारमा प्रतियोगिताका विजयी छनोट गरिने स्टेट एट मिडियाका कार्यकारी अध्यक्ष शालिनी नेपालले बताइन् ।
प्रतियोगितामा निःशुल्क सहभागिता जनाउन सकिने छ । ‘प्रत्येक पटक १०–१० जना गरी चार राउन्डमा ४० जना र अत्याधिक लाइक भिडियोका आधारमा थप १० जना मोस्ट पपुलर गरी ५० जनालाई पहिलो चरणमा छनोट गरिनेछ’, प्रतियोगिताका मुख्य प्रायोजक एवं सह–आयोजक डिजीपेका कार्यकारी निर्देशक दिवाकर पाण्डेले भने । ती ५० जना प्रत्येकको डिजीपे खातामा तत्कालै १–१ हजार रुपैयाँ नगद जम्मा गरिने, उनीहरूले विभिन्न प्रायोजकहरु जस्तै बेननेभिज आइसक्रिमका तर्फबाट गिफ्ट ह्याम्पर, नेटम्याक्सका तर्फबाट ३ महिनासम्म निःशुल्क इन्टरनेट, टीटाइम र कफी ब्रेकले ५०० रुपैयाँबराबरको गिफ्ट ह्याम्पर, एलओडी डिस्कोमा लकडाउन खुलेपछि जोडीलाई निःशुल्क प्रवेशका साथै स्न्क्याक्स र ड्रिंक्सलगायतका पुरस्कार पाउने आयोजकले जनाएको छ ।
‘यो यस्तो यूनिक प्रतियोगिता हो, जसको कुनै निर्णायक (जज) हुने छैनन्, सामाजिक सञ्जालहरूमा अत्याधिक सेयर, लाइक र कमेन्टकै आधारमा विजेता छानिनेछ’, दिवाकर पाण्डेले भने । करिब दुई महिनासम्म सञ्चालन हुने यो प्रतियोगिताको अन्तिम स्पर्धाका मुख्य विजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिने डिजीपेले जनाएको छ ।
प्रतियोगितामा भाग लिन पहिलो चरणका प्रतिस्पर्धी भिडियोहरू जेठ ३० गतेभित्र पठाउनुपर्ने र असार १ गते पहिलो चरणको भोटिङ र दोस्रो चरणको भिडियो आवेदन लिन सुरु गरिने सहआयोजक डिजीपेका पाण्डेले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो
- गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन
- भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने
- द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष
- निर्मला पन्तको हत्या घटनामा प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने व्यक्ति नियन्त्रणमा
- धनराजलाई सिआईबीले लियो सुटुक्क बयान ! फरार श्रीमती बिरुद्ध इन्टरपोलमा रेड नोटिस जारी
- यूएईलाई हराउँदै यू-१९ महिला विश्वकपमा नेपाल छनोट
- राष्ट्रपति पौडेलले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा राखेको सम्बोधनको पूर्ण पाठ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया