जगदम्बा स्टिल्सको ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड’ सिलवाललाई
काठमाडौं । जगदम्बा स्टिल्स लिमिटेडले यो वर्षको ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०८०’ नितेश सिलवाललाई प्रदान गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थानको ५८औँ वार्षिकोत्सवको अवसरमा हालै थापाथली क्याम्पसमा आयोजित कार्यक्रममा नितेश सिलवाललाई उनको शैक्षिक उत्कृष्टताको लागि यस अवार्ड प्रदान गरिएको हो ।
प्रतिष्ठित ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड’अन्तर्गत पुरस्कार स्वरूप सिलवाललाई पदक, प्रमाणपत्र, र नगद ५१ हजार रुपैयाँ प्रदान गरिएको थियो । कार्यक्रमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति, प्राडा केशरजंग बराल, क्याम्पस प्रमुख, डा खेम ज्ञवाली र अन्य सम्मानित प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने कर्पोरेट म्यानेजर विदुर पुरीद्वारा सो अवार्ड सिलवाललाई प्रदान गरिएको थियो । यस अवार्ड, सन् १९८० को दशकबाट उद्यमशीलताको यात्रा सुरु गरेका प्रख्यात उद्यमी तथा जगदम्बा स्टिल्स लिमिटेडका संस्थापक शंकरलाल अग्रवालको नाममा राखिएको हो । जगदम्बा स्टिल्स लिमिटेडले यस्ता कार्यक्रम र पुरस्कारहरूले विद्यार्थीहरूलाई समाजमा अर्थपूर्ण योगदानका लागि प्रेरित गर्ने विश्वास लिएको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
- सेती नदीको पुल निर्माण: २८ प्रतिशत भौतिक प्रगति
- चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
- आज पनि सुनको मूल्य घट्यो
- मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापीमा छुट
- गरिमा रोड रेस कम्पिटिसन सम्पन्न
- भुक्तानी प्रदायक कम्पनीलाई कर्मचारीबाट खतरा
- कानुन निर्माणमा ढिलाइका कारणहरू
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया