ग्रिल व्यवसायीलाई व्यवसायजन्य सुरक्षा तालिम
काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायी संघ कमलपोखरी इकाई समितिले स्वास्थ्य कार्यालय काठमाडौंसँगको संयुक्त सहकार्यमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी अभिमुखीकरण तालिम सञ्चालन गरेको छ ।
ग्रिल व्यवसायमा पछिल्लो समय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी पर्याप्त जानकारी नहुँदा अकालमा ज्यान गुमाउने, अङ्गभङ्ग हुने खालको दुर्घटनाहरू बढेको नेपाल घरेलु तथा साना उद्योेग महासंघका उपाध्यक्ष मोहन कटुवालले बताए । ग्रिल व्यवसाय अन्य व्यवसायभन्दा बढी जोखिम भएकाले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी तालिमले दुर्घटना न्यूनीकरण गर्न व्यवसायलाई व्यवस्थित गरी वातावरणमैत्री उद्योेग सञ्चालन गर्न मद्धत पुग्ने उनले बताए । कार्यक्रममा स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख अर्जुन सापकोटाले ग्रिल व्यवसायलाई व्यवस्थित गरी उत्पादकत्व बढाउन र जोखिम घटाउन यस तालिमले सहयोग पुग्ने बताए । महासंघका उपाध्यक्ष समसुद्दीन शेखले वातावरणमैत्री उद्योग सञ्चालन गर्न यो तालिमले सहयोग पुग्ने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
- सेती नदीको पुल निर्माण: २८ प्रतिशत भौतिक प्रगति
- चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
- आज पनि सुनको मूल्य घट्यो
- मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापीमा छुट
- गरिमा रोड रेस कम्पिटिसन सम्पन्न
- भुक्तानी प्रदायक कम्पनीलाई कर्मचारीबाट खतरा
- कानुन निर्माणमा ढिलाइका कारणहरू
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया