Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनआरएनएले लगानी शिखर सम्मेलनका लागि सरकारसँग सहकार्य गर्ने

एनआरएनएले लगानी शिखर सम्मेलनका लागि सरकारसँग सहकार्य गर्ने


काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले लगानी शिखर सम्मेलनका लागि नेपाल सरकारसँग सहकार्य गर्ने भएको छ । संघका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टबीच भएको छलफलमा लगानी सम्मेलनमा सहकार्य गर्ने निर्णय भएको हो ।

छलफल गैरआवासीय नेपालीहरूको लगानी नेपालमा भित्र्याउने, लगानी शिखर सम्मेलन २०२४ मा संघको सहकार्य र सहभागितामा केन्द्रित थियो । अध्यक्ष डा केसीले लगानीसम्बन्धी यस्ता सम्मेलन वर्षेनि आयोजना गर्नसके विदेशमा रहेका नेपाली र विदेशीको समेत लगानी भित्र्याउन सकिने बताए । एनआरएनए नेपाल डेभलपमेन्ट फन्डमार्फत हाल संघले गैरआवासीय नेपालीको १० अर्बको लगानी नेपालमा भित्र्याउन परियोजना सञ्चालन गरिरहेको छ । यसलाई भविष्यमा ५० अर्बसम्म पुर्याउने लक्ष्य संघको रहेकाले लगानीका क्षेत्र पहिचानमा सरकारको सहयोग र परामर्श आवश्यक रहेको डा केसीको भनाइ थियो । लगानी बोर्डका प्रमुख सुशील भट्टले संसारभरिबाट नेपालमा लगानी गर्न सक्षम तथा उत्सुक नेपालीहरू तथा विदेशीहरूसँग समन्वय गरेर लगानी सम्मेलनमा प्रभावकारी सहभागिता जनाउन आग्रह गरेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया