बेनेली मोटरसाइकलमा एक लाख रुपैयाँसम्मको छुट
काठमाडौं । नेपालमा केटीएम इन्टरनेसनल ट्रेडिङ (प्रा.) लिले बेनेली बाइकको खरिदमा एक लाख रुपैयाँसम्मको छुट दिने भएको छ । कम्पनीले नेपालीहरूको नयाँ वर्ष २०८१ का लागि विशेष फाइनान्स योजनाअन्तर्गत सो योजना ल्याएको हो ।
योजनाअन्तर्गत एक सय ८० सीसी बाइक तथा स्कुटरमा २० मिनेटमा नै शून्य ब्याजदरमा किस्ताबन्दीमा सवारी साधन खरिद गर्न सकिनेछ । साथै, कम्पनीले विशेष छुटको व्यवस्था पनि मिलाएको छ । कम्पनीले मोडल हेरी १५ हजारदेखि एक लाख रुपैयाँसम्मको छुट दिने जनाएको हो । १९११ देखि प्रचलित विश्वप्रसिद्ध इटालियन ब्रान्डका बेनेली बाइक नेपालका धेरै युवाहरूको रोजाइ बन्न पुगेको छ । कम्पनीले उत्कृष्ट डिजाइन, शक्तिशाली इन्जिन र प्रभावकारी प्रदर्शनको एक संयोजन प्रदान गरेका एक सय २५ सीसीदेखि ७५० सीसीसम्मका बेनेली बाइक तथा स्कुटरहरू नेपालमा बिक्रीवितरण गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सेती नदीको पुल निर्माण: २८ प्रतिशत भौतिक प्रगति
- चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
- आज पनि सुनको मूल्य घट्यो
- मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापीमा छुट
- गरिमा रोड रेस कम्पिटिसन सम्पन्न
- भुक्तानी प्रदायक कम्पनीलाई कर्मचारीबाट खतरा
- कानुन निर्माणमा ढिलाइका कारणहरू
- सहकारी ठगी महारोगमा परिणत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया