‘नित्या रञ्जनाः युनिकोड फन्ट’ सार्वजनिक
काठमाडौं । क्यालिजात्रा फाउन्डेसनले काठमाडौंस्थित नेपाल कला–परिषदमा ‘नित्या रञ्जना’ अर्थात् ‘रञ्जना युनिकोड फन्ट’ सार्वजनिक गरेको छ । आधुनिक युगमा लिपिको संरक्षण र प्रवर्द्धन गर्न विकास गरिएको रञ्जना युनिकोड फन्टको आधिकारिक सुरुवात गरिएको हो ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले एक कार्यक्रमका बीच सो फन्टको शुभारम्भ गरेकी थिइन् । कार्यक्रममा रञ्जना लिपिको इतिहास, वर्तमान र भविष्यको बारेमा गहन छलफल समेत गरिएको थियो । क्यालिजात्रा फाउन्डेसनले आधुनिक युगमा लिपिको संरक्षण र प्रवर्द्धन गर्न डिजिटल मार्केटमा प्रवेश गर्नुपर्ने आवश्यकता रहेको र सोको सम्बोधन गर्न डिजिटल फन्टको विकास गर्न आवश्यक रहेकोले ‘रञ्जना युनिकोड फन्ट’ विकास गरेको जनाएको छ ।
फाउन्डेसन र भारतको फन्ट डिजाइन कम्पनी ‘एक टाइप’को सहयोगमा निर्माण गरिएको हो । यो रञ्जना युनिकोड फन्ट विश्वका लागि निःशुल्क हुने बताइएको छ । साथै, यो देवनागरी युनिकोडका साथै नेवा युनिकोडमा पनि उपलब्ध हुनेछ । सार्वजनिक भएको यो फन्ट पुराना उपलब्ध नेवा फन्टहरूभन्दा कलात्मक र प्राविधिकरूपमा सुधारिएको हुनाले रञ्जना लिपिलाई प्रवर्द्धन गर्न र सहीरूपमा प्रयोग बढाउन मद्दत गर्ने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- बदलिँदै दुर्गमको परिचय
- चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
- सेती नदीको पुल निर्माण: २८ प्रतिशत भौतिक प्रगति
- चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
- आज पनि सुनको मूल्य घट्यो
- मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापीमा छुट
- गरिमा रोड रेस कम्पिटिसन सम्पन्न
- भुक्तानी प्रदायक कम्पनीलाई कर्मचारीबाट खतरा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया