रियलमी सी–५५ अब भारी छुट मूल्यमा
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सी–५५ अब भारी छुट मूल्यमा उपलब्ध हुने भएको छ । कम्पनीले यो फोनको मूल्य छ हजार पाँच सय रुपैयाँ घटाएको हो ।
कम्पनीका अनुसार पहिला २१ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध रहेको ६÷६४ जीबी स्टोरेज भेरियन्टको रियलमी सी–५५ मूल्य अब भने १५ हजार चार सय ९९ रुपैयाँ हुने भएको छ । रियलमी सी–५५ मा भएको सबैभन्दा मुख्य फिचर यसमा भएको ६४ एमपीको क्यामरा हो । त्यस्तै, यसको सेल्फी क्यामरामा ८ एमपीको लेन्स छ, जसले १०८० पीको भिडियो रेकर्ड गर्न सक्छ । रियलमी सि–५५ मा पाँच हजार एमएचको शक्तिशाली ब्याट्री राखिएको छ, जसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्छ । यसैगरी यसमा २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ ।
रियलमी सी–५५ मा भएको मेडियाटेक हेलियो जी ८८ चिपसेटले प्रयोगकर्ताहरूलाई सिमलेस युजर एक्स्पिरियन्स प्रदान गर्छ । त्यस्तै, यसको अक्टाकोर प्रोसेसरले पावरफुल र प्रभावकारी पर्फर्मेन्स दिन्छ । ६४ बिटको सीपीयू र १२ एनएमको चिपसेट भएको हुँदा रियलमी सी ५५ मा पावर इफिसियन्सी हुनुको साथै हिट जेनेरेसन पनि कम हुन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
- सेती नदीको पुल निर्माण: २८ प्रतिशत भौतिक प्रगति
- चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
- आज पनि सुनको मूल्य घट्यो
- मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापीमा छुट
- गरिमा रोड रेस कम्पिटिसन सम्पन्न
- भुक्तानी प्रदायक कम्पनीलाई कर्मचारीबाट खतरा
- कानुन निर्माणमा ढिलाइका कारणहरू
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया