युनिलिभर नेपालद्वारा विद्युतीय बाँयलर सञ्चालन
काठमाडौं । हेटौंडामा रहेको युनिलिभर नेपालको कारखानाले हालसालै युनिलिभर दक्षिण एसियामा पहिलो प्रकारको विद्युतीय बाँयलर सञ्चालन गरेको छ । कम्पनीका अनुसार यो विद्युतीय हिटरबाट स्टिम उत्पादन गर्ने अनाँैठो प्रविधि हो, यसले साइटलाई तताउने प्रक्रियाका लागि जीवाष्म इन्धनबाट बाहिर सार्ने गर्छ ।
कारखानामा हाल ९० प्रतिशत ऊर्जा खपत हुने गरेको छ । सोमध्ये २० प्रतिशत आन्तरिक सौर्य बिजुली उत्पादन प्लान्ट र बाँकी ७० प्रतिशत ग्रिडबाट हुन्छ । पछिल्लो एक वर्षमा युनिलिभर नेपालको फ्याक्ट्रीले छ करोड रुपैयाँको लगानीमा ऊर्जा पदचिह्न कम गर्न र कार्बन डाइअक्साइड उत्सर्जन कम गर्न धेरै नयाँ प्रविधिहरू स्थापना गरेको छ । यो बाँयलर परियोजना नेटजिरो तिर एक कदम हो । साइटले निकट भविष्यमा डिजेल जेनेरेटर चलाउन बायोडिजेलमा सार्ने योजना बनाएको कम्पनीले जनाएको छ । यसले साइटलाई शतप्रतिशत हरित ऊर्जाको साथ सञ्चालन गर्न सहयोग गर्नेछ । युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक तथा सीईओ अमलन मुखर्जीले नेपालमा कम्पनीको सञ्चालनलाई नेट जिरोतर्फ लैजान प्रतिबद्ध रहेको बताए । सोही अनुरूप अत्याधुनिक कारखानामा विद्युतीय बाँयलरको स्थापना गरिएको उनको भनाइ थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
- सेती नदीको पुल निर्माण: २८ प्रतिशत भौतिक प्रगति
- चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
- आज पनि सुनको मूल्य घट्यो
- मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापीमा छुट
- गरिमा रोड रेस कम्पिटिसन सम्पन्न
- भुक्तानी प्रदायक कम्पनीलाई कर्मचारीबाट खतरा
- कानुन निर्माणमा ढिलाइका कारणहरू
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया