Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्किल सेवाको घर निर्माण लागत घटाउने परामर्श

स्किल सेवाको घर निर्माण लागत घटाउने परामर्श


काठमाडौं । स्किल सेवाले घर निर्माण लागतसम्बन्धी निःशुल्क परामर्श दिइरहेको जनाएको छ । कम्पनीले अहिले घर निर्माणमा लाग्ने लागतसम्बन्धी निःशुल्क परामर्श दिने कार्यक्रम सञ्चालन गरिरहेको जनाएको हो ।

यस कार्यक्रममार्फत कम्पनीले घर निमार्ण गर्दा खर्च कम गर्ने आठ उपायको बारेमा बताउने गरेको छ । कस्तो खालको सिमेन्ट, इँटा, डन्डी, ग्लास, टाएल्स प्रयोग गर्नेबारे सिकाउने कम्पनीको भनाइ छ । साथसाथै लेबर व्यवस्थापन, डिजाइन, रेक्ट्याङ्गुलर निर्माण योजना, निर्माण अवधिदेखि फ्लोलिङ र समापनसम्मको स्टेप–बाइ–स्टेप बताउने कम्पनीले जनाएको छ । घर निर्माण पूर्व मात्रै एक घण्टा खर्च गरी यस्ता परामर्श लिने हो भने सामान्य घर निर्माणमा समेत दश लाखभन्दा बढी बचत गर्न सकिने कम्पनीको दाबी छ । गुणस्तरमा कुनै पनि सम्झौता नगरी त्यसमा खर्च कसरी कम गर्न सकिन्छ भनेर सिकाउने यस कार्यक्रमको प्रमुख योजना रहेको छ ।

यस कार्यक्रमबाट लाभ उठाउन आह्वान गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश तिमिल्सिनाले पोखरा, चितवन र बुटवलमा रहेका शाखामार्फत यस्तो कार्यक्रहरू सञ्चालन गरिरहेको जानकारी दिए । उनका अनुसार यस परामर्श कार्यक्रममार्फत निर्माण सामग्री छनौट, अधिकतम जग्गाको उपयोग, बजेट निर्माण, सरकारी नीति नियम, नक्सा डिजाइन र इन्टेरियर समेतको ज्ञान लिन सकिन्छ । साथै, निर्माणसम्बन्धी पुस्तक पनि प्रकाशन तथा बिक्रीवितरण गरिरहेको स्किल सेवाले आफ्नो वेबसाइटमा पनि परामर्शमूलक लेखहरू राखेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया