होन्डाको एनएक्स २०० नेपाली बजारमा
काठमाडौं । होन्डाले आफ्नो नयाँ बाइक एनएक्स२०० नेपाली बजारमा भित्र्याएको छ । एनएक्स२०० बाइकलाई सिटी राइडिङ र लामो दूरीको यात्रा दुवैका लागि उपयुक्त भनिएको छ । यसको ‘अप–राइट पोजिसन’ र टायरको ‘टफ ट्रेड प्याट्रन’ले आरामदायी यात्रा गर्न सहज बनाउने कम्पनीको दाबी छ ।
एनएक्स२०० मा उपलब्ध ‘वाइन्ड भाइजर’ र ‘एलईडी विङ्कर’सहितको ‘नकल कभर’ले सुरक्षा फिचरलाई बढाउनुको साथै बाइकलाई झनै आकर्षक बनाएको छ । ‘लिक्युइड क्लियर’ डिजिटल मिटर र चालकलाई पायक पर्नेगरी चाबी हाल्ने ठाउँ ट्याङ्कीमै हुनु पनि एनएक्स२०० को थप विशेषता हो । एनएक्स२०० मा रहेको ‘फ्रन्ट ए बी एस सिस्टम’ र ‘डुअल पेटल डिस्क ब्रेक’ले यात्रालाई झनै सहज बनाउनेछ । १० वर्षसम्मको वारेन्टी प्याकेजमा हाललाई विभिन्न चार रङ्गहरूमा उपलब्ध एनएक्स२०० उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
कम्पनीले एनएक्स२०० को सुरुवाती बिक्री मूल्य चार लाख ७९ हजार नौ सय रुपैयाँ कायम गरेको छ । होन्डाका सम्पूर्ण आधिकारिक विक्रेता र होन्डाको आधिकारिक वेभपेजमा गइ एनएक्स२०० को खरिद तथा बुकिङ गर्न सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया