एनसेल आरएनजीसी स्क्रयाम्बल गल्फ प्रतियोगितामा तेस्रो रनर अफ
काठमाडौं । एनसेलले काठमाडौंको रोयल नेपाल गल्फ क्लबमा भएको आरएनजीसी स्क्रयाम्बल गल्फ प्रतियोगितामा तेस्रो रनर अपको उपाधि जितेको छ । सञ्जय लामाको नेतृत्वमा रहेको एनसेल ‘ए’ टोलीले–१२ अन्डर स्कोर गर्दै तेस्रो रनर अप अर्थात् चौथो स्थान हासिल गरेको हो ।
यस एकदिवसीय प्रतियोगितामा कुल २९ कर्पोरेट हाउसहरूका सहभागिहरूले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक टोलीमा एक व्यावसायिक गल्फर र तीन एमेच्योर गल्फरहरू रहेका थिए र प्रतियोगिता १८–होलमा खेलाइएको थियो । एनसेल ‘ए’ समूहमा व्यावसायिक गल्फर सञ्जय लामा र अन्य तीन एमेच्योर गल्फरहरू जय आचार्य (एनसेल–सिङ्गल ह्यान्डीक्याप), इन्द्रधारा विष्ट (हाई ह्यान्डीक्याप) र सञ्जय पौड्याल (मिड ह्यान्डीक्याप) रहेका थिए । लामाले तेस्रो रनर अप बनेर १० हजार रुपैयाँ नगद पुरस्कार जितेका थिए ।
व्यावसायिक गल्फर सन्तोष रोक्काको नेतृत्व रहेको कैलाश हेलिकप्टरको समूहले प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो । कैलाश हेलिकप्टरले १४ अन्डर ५४ स्कोर हासिल गर्दै प्रतियोगिताको उपाधि जितेको हो । रोक्काले ५० हजार रुपैयाँ नगद पुरस्कार पनि जितेका छन् । मातृका आई सेन्टर ‘ए’ १३ अन्डर ५५ स्कोरका साथ रनर अप अर्थात् उपविजेता बनेको थियो । यसका लागि खड्काले ३० हजार रुपैयाँ नगद पुरस्कार जितेका थिए । त्यसैगरी व्यावसायिक गल्फर भीमसेन चौलागाईंको नेतृत्वमा रहेको सपोर्ट नेपाल फाउन्डेसनको टोलीले एनसेल ‘ए’ लाई काउन्ट ब्याकमा जित्दै १२ अन्डर ५६ स्कोरका साथ दोस्रो रनर अप बनेको थियो ।
चौलागाईँले २० हजार रुपैयाँ नगद पुरस्कार जितेका थिए । सपोर्ट नेपालका मिथुन राईले स्ट्रेट ड्राइभ र रोड हाउस क्याफे प्रालिका स्वदेश गुरुङले क्लोजेस्ट टु द पिनको उपाधि जितेका थिए । उनीहरूलाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । यो गल्फ प्रतियोगिता रोयल नेपाल गल्फ क्लब (आरएनजीसी)ले गत शनिबार आयोजना गरेको थियो । यस प्रतियोगिताको मुख्य उद्देश्य सबै कर्पोरेट हाउसहरूलाई एउटै छानामुनि जम्मा गरेर गल्फको प्रवर्द्धन गर्नुरहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया