Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्मार्टफोन शाओमी १४ बजारमा

स्मार्टफोन शाओमी १४ बजारमा


काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले फ्ल्यागसिप स्मार्टफोन शाओमी १४ नेपालमा सार्वजनिक गरेको छ । शाओमी १४ लाइका लेन्ससहितको ट्रिपल ५० मेगापिक्सेल रियर क्यामेरा सिस्टमको साथमा प्रयोगकर्ताहरूले उत्कृष्ट फोटोग्राफीको अनुभव प्राप्त गर्न सक्नेछन् ।

शाओमी १४ मा ६.३६ इन्चको एमोलेड एलटीपीओ डिस्प्ले, स्न्यापड्रागन ८ जेन ३ प्रोसेसर र ९० वाट वायर वा ५० वाट वायरलेस चार्जिङको साथमा ४६१० एमएच ब्याट्री उपलब्ध छ । एआई फेस अनलक, अन स्क्रिन फिङ्गरप्रिन्टजस्ता फिचरका साथमा आईपी ६८ रेटिङ पनि यस स्मार्टफोनमा उपलब्ध छ । डुअल सिम सपोर्ट, पाँच जी कनेक्टिभिटी र विभिन्न सेन्सरहरूले प्रयोगकर्ताको अनुभवलाई झनै रमाइलो बनाउने विश्वास कम्पनीले लिएको छ ।

शाओमी १४ ले लाइका क्यामरा प्रविधिको साथ स्मार्टफोन फोटोग्राफीमा नयाँ स्टान्डर्ड सेट गरेको छ । यस अप्टिकल लेन्सले राम्रो कलर रिप्रोडक्सन, कन्ट्रास्ट र रिजोलुसनका साथ क्याप्चर स्पिडलाई पनि बढाउने कम्पनीको दाबी छ । लाइकाको ७५ एमएमको टेलिफोटो लेन्स र लाइट फ्युजन नौ सय इमेज सेन्सरको साथले हाइ डाइनामिक रेन्ज र उत्कृष्ट नोइज रिजेक्सन प्रदान गर्छ । शाओमी १४ स्न्यापड्रागन ८ जेन ३ प्रोसेसरद्वारा सञ्चालित छ । साथै, यसमा ४६१० एमएचको ठूलोे ब्याट्री र फास्ट चार्जिङ रहेको छ । ९० वाटको फास्ट चार्जिङले जम्मा ३१ मिनेट ( बुस्ट मोड) मा नै फुल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । साथै, ५० वाटको वायरलेस हाइपर चार्ज र रिभर्स वायरलेस चार्जिङले यस डिभाइसलाई झनै उपयुक्त बनाउने कम्पनीले दाबी गरेको छ ।

शाओमी १४ कालो, सेतो र जेड ग्रिन कलरमा १२ जीबी/५१२ जीबी भेरियन्टमा उपलब्ध छ । यसको मूल्य ९९ हजार नौ सय ९९ रुपैयाँ कायम गरेको छ । यस्तै, शाओमीले शाओमी प्रायोरिटी क्लब पनि लन्च गरेको छ । यस क्लबका सदस्यहरूले ६–महिना विस्तारित वारेन्टी, एक पटक निःशुल्क स्क्रिन रिप्लेसमेन्ट (पहिलो छ महिनाभित्र), निःशुल्क लेबर कस्ट (पहिलो २४ महिना भित्र) र प्राथमिकतामा ग्राहक सेवा पनि प्राप्त गर्नेछन् । यस प्रायोरिटी क्लबको सुरुवातले शाओमीको ग्राहक अनुभवलाई अझै निखार्ने कम्पनीको भनाइ छ । शाओमी १४ सबै एमआई स्टोर र शाओमीका आधिकारिक अथोराइज्ड रिटेल आउटलेटहरूमा उपलब्ध रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया