Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभाइबरद्वारा २० जनासम्म एकसाथ ग्रुप भिडियो कल गर्न मिल्ने सेवा सुरु

भाइबरद्वारा २० जनासम्म एकसाथ ग्रुप भिडियो कल गर्न मिल्ने सेवा सुरु


काठमाडौं, जेठ २७
भाइबरले नेपालमा ग्रुप भिडियो कल नामक नयाँ सेवा सुचारु गरेको छ । यसमार्फत असीमित अवधिसम्म बढीमा २० जनासम्म एकसाथ भिडियो कल गर्न सकिनेछ । यसभन्दा अघि सुरु गरिएको भाइबरको ग्रुप अडियो कल सेवाको सफलताबाट प्रोत्साहित हुँदै एक अर्काबीच आमने–सामने भएर संवाद एवं छलफल गर्नका लागि व्यापक भिडियो कलको बढ्दो माग भइरहेको सन्दर्भलाई दृष्टिगत गरेर नयाँ विशेषता भाइबरमा थप गरिएको कम्पनीले जनाएको छ ।

सामाजिक दूरीको नियम र मानिसहरूमाझ समूहगत भेटघाटमा रोक लागेको कारणले अनलाइन छलफल गर्नु सुविधा मात्र नभएर आवश्यकता नै भएको छ । अनलाइन कुकिङ्ग शिक्षा संचालन गर्ने सेफहरूदेखि लिएर योगाभ्यासको कक्षा लिइरहेका योग गुरुहरूसम्म, सामूहिक कार्य गर्ने सबैलाई सुरक्षित, प्रभावकारी अनलाइन मञ्च जरुरी भएको छ । कम्पनीका अनुसार मोबाइल तथा डेस्कटप दुवैमा भाइबर एपमार्फत भाइबर ग्रुप कल सजिलै सञ्चालन गरी कार्य–मैत्री सुविधाहरू जस्तै स्क्रिन सेयर गर्ने र भिडियो प्रसारण गर्ने कार्य गर्न सकिन्छ । भाइबरको ग्रुप च्याटहरू र ग्रुप भ्वाइस कलहरूका साथ आमने सामने सञ्चारको यो नयाँ माध्यम ‘न्यू नर्मल’सँग सामना गर्ने एक उत्तम तरिका हो ।

कम्पनीका अनुसार ग्रुप भिडियो कल सुरु गर्न अत्यन्त सजिलो छ । स्क्रिनको माथिल्लो छेऊमा भएको नयाँ ‘भिडियो’ बटन दबाउने अथवा चालू भइरहेकै भिडियो कलमा थप सहभागीहरूलाई सजिलैसँग थप्न सकिन्छ । ग्रुप भिडियो कलले वक्तालाई सबै सहभागीहरूमाझ भिडियो प्रदर्शन गर्ने मौका दिन्छ । प्रयोगकर्ताहरूले कलको दौरानमा आफ्नो व्यक्तिगत स्क्रिनमा कोही एकको भिडियो निजी रूपमा पिन गर्न सक्नेछन् । साथै प्रयोगकर्ताहरूले आफ्नो भिडियो बन्द गर्न र आफैँलाई म्युट राख्न पनि सक्नेछन् र कलको दौरान अन्य कोही सहभागी म्युट रहेको वा उनीहरूको भिडियो बन्द भएको पनि देख्न सक्नेछन् ।

‘हामी हाम्रा प्रयोगकर्ताहरूलाई बढीमा २० जनासम्म रहने गरी भिडियो कलमा सहभागी गराउन समर्थ भएकोमा अत्यन्त उत्साहित भएका छौं र यसलाई हामी चाँडै नै अझ विस्तार गर्ने दिशामा अग्रसर छौं’, भाइबरका सिओओ अफिर एयालले भने । उनले भाइबरले एक महत्वपूर्ण उद्देश्यसाथ समाजलाई सेवा प्रवाह गर्दै आएको बताए । अब त्यसमा पहिलेभन्दा धेरै यसले प्रयोगकर्ताहरूलाई सजिलै सञ्चार गर्न सक्षम बनाएको र हाम्रो जीवनमा भिडियो छलफल पहिलेभन्दा अझ ज्यादा हुने भएकाले यो नयाँ विशेषता शुभारम्भ गर्ने निर्णय गरेको उनले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x