भारतीय फिन–टेक कम्पनी फोनपेद्वारा इ–सेवा र होटल संघ नेपालसँग साझेदारी
काठमाडौ । नेपालको फोनपे नेटवर्कमा युपीआई विस्तारको लागि भारतीय फिन–टेक कम्पनी फोनपेले इ–सेवा र होटल संघ नेपालसँग साझेदारी गरेको छ । पोखरामा बिहीबारदेखि आइबारसम्म हुन लागेको फेवा महोत्सवको अवसर पारेर फोनपेले सो साझेदारी गरेको हो ।
फेवा महोत्सव नेपालभरिका आन्तरिक पर्यटक माझ मात्र नभएर भारतीय पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय रहेको पाइन्छ । परम्परागत नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरू, स्थानीय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको सङ्गीत प्रस्तुति, परम्परागत नेपाली नृत्य तथा सङ्गीत प्रस्तुति, कला प्रदर्शनी र कार्यशालाहरूको साथमा फेवा महोत्सवले नेपाली संस्कृति र स्थानीय खानाको स्वादको अनुभव लिने अनुपम अवसर प्रदान गर्ने गरेको छ । साथै, सो महोत्सवमा नेपालमा यूपीआईको लोकप्रियता बढाउने उद्देश्यले फोनपेले स्थानीय व्यापारीहरूबीच डिजिटल भुक्तानीको बारेमा चेतना जगाउने कार्यक्रम समेत सञ्चालन गर्ने जनाएको छ ।
महोत्सवमा तीन हजारभन्दा बढी व्यापारीहरू सहभागी हुनुका साथै एक लाखभन्दा बढी आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले महोत्सवले तीन लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको बताए । होटल संघ नेपालको सहकार्यमा पोखराका होटलहरूले पोखरा घुम्न आउने पर्यटकहरूलाई आरामदायी बास सुनिश्चित गर्न होटलहरूमा २० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया