होटल क्रिस्टल पशुपतिको शुभारम्भ
काठमाडौं । ट्रेड टावर ग्रुपले काठमाडौं गौशालामा श्री पशुपतिनाथको गजुर देखिने गरी नयाँ होटल सञ्चालनमा ल्याएको छ । १५ दिन अगाडिदेखि नै सफ्ट लञ्च भएर सञ्चालनमा आएको भए पनि नयाँ वर्षका दिन होटलको विधिवत् शुभारम्भ गरिएको हो ।
ट्रेड टावर ग्रुपका कार्यकारी अध्यक्षद्वारा भगवान् श्री पशुपतिनाथको प्रतिमा पूजा गरी होटलको शुभारम्भ गरिएको थियो । आराध्यदेव श्री पशुपतिनाथको मूल गेटमा अवस्थित यो होटलका अधिकांश कोठाहरूबाट श्री पशुपतिनाथको मन्दिर तथा गजुर दर्शन गर्न सकिनेछ । पहिलो चरणमा ४९ वटा चारतारेस्तरको सुविधा सम्पन्न कोठाहरू, करिब पाँच सय जना अट्न सक्ने कृति तथा काब्या हल तथा दुईवटा प्राइभेट डाइनिङ रुमका साथै ‘स्काई डेक रेस्टुरेन्ट’ समेत सञ्चालनमा ल्याइएको छ । निकट भविष्यमा ९० वटा रुम, साना ठूला गरी थप चार वटा कर्पोरेट इभेन्ट हल र बोर्ड रुमसहित सेवा प्रदान गर्ने लक्ष्य रहेको होटलले जनाएको छ । होटेल निर्माण दुई वर्ष लगाएर सम्पन्न भएको हो । मुख्य गरी श्री पशुपतिनाथको दर्शन गर्न आउने भारतीय पर्यटक अन्तर्राष्ट्रिय एयरपोर्टको नजिक रहेकाले एयरपोर्ट नजिकै बस्न रुचाउने पाहुनाका लागि यो होटललाई उत्कृष्ट होटलका रूपमा तयार पारिएको छ । साथै, पाँच सय जनासम्मको पार्टीहरू सञ्चालनका लागि सुविधा पनि तयार रहेको छ ।
होटलका अध्यक्ष शिवहरि दंगालले यो होटल पूर्णरूपमा सञ्चालनमा आएपछि करिब एक सय ५० जनाले प्रत्यक्ष रोजगारी पाउने र सम्भव भएसम्म स्थानीयलाई नै अवसर दिने जानकारी दिए । अध्यक्ष दंगालले ट्रेड टावर ग्रुपले निकट भविष्यमा काठमाडौंको उत्तरी सीमा जहरसिंह पौवामा हिल स्टेसनसहित गन्तव्यको रूपमा क्रिस्टल इको भिलेज, फार्म हाउस तथा एक नम्बर प्रदेशको इटहरीमा क्यासिनोसहितको पाँचतारे होटल र जनकपुरमा समेत थप हस्पिटालिटी बिजिनेस अगाडि बढाउनका लागि सम्भाव्यता अध्ययन गर्ने कार्य भइरहेको बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया