होन्डाको टेक्निसियन स्किल कन्टेस्ट
काठमाडौं । होन्डाले टेक्निसियन स्किल कन्टेस्ट २०२४ आयोजना गरेको छ । कम्पनीले होन्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरूको सिप र दक्षता अभिवृद्धि गर्ने र बिक्रीपछिको सर्भिसको सेवास्तर उत्कृष्ट बनाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरेको जनाएको छ ।
उक्त कन्टेस्टमा एसटीसी वर्कसप टेकुका प्रल्हाद दाहालले प्रथम पुरस्कार प्राप्त गरेका थिए । त्यसैगरी ओम सत्य साही अटो सिटी प्रालि इटहरीका गजेन्द्र बुढाथोकी द्वितीय र एसटीसी वर्कसप कोहलपुरका सन्तोष अर्जेलले तृतीय पुरस्कार प्राप्त गरे । नगद पुरस्कारको राशी प्रथम हुनेले ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजारका साथै सबै सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष प्रदीप घिमिरे तथा स्याकार ट्रेडिङका विभिन्न डिभिजन प्रमुखहरूको उपस्थितिमा सो कार्यक्रम चैत २८ गते होन्डाको ट्रेनिङ सेन्टर ग्वार्को ललितपुरमा सम्पन्न भएको हो । प्रतियोगिता अवधिभर होन्डा जापानले उपलब्ध गराएको मार्ग निर्देशनअनुसार टेक्निसियनहरू होन्डा स्ट्यान्डर्ड प्रोसिड्युअरअन्तर्गत रहेर प्रतियोगितामा सहभागी भएका थिए ।
नेपालका लागि होन्डाका आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिअन्तर्गत सर्भिस डिभिजनको अगुवाइमा विभिन्न पाँच वटा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरी प्रत्येक क्षेत्रबाट दुई/दुई जना छनोट गरी राष्ट्रियस्तरको प्रतियोगितामा सञ्चालन गरिएको थियो । स्याकार ट्रेडिङ कम्पनीले यस प्रकारको कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको बताएको छ । यस प्रकारको प्रतियोगिताबाट सहभागी टेक्निसियनहरूको कार्यदक्षता अभिवृद्धि हुने कम्पनीको भनाइ छ । उक्त कार्यक्रममा पाँचै प्रदेशका उत्कृष्ट टेक्निसियनहरूको अलावा काठमाडौं उपत्यकाभित्रका धेरैजसो डिलरहरूको समेत उपस्थिति रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया