पर्यटकीय गन्तव्य बनाउन हिले–जलजले वनमा ताल निर्माण
काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–२ स्थित हिले–जलजले सामुदायिक वनमा ‘पर्यटकीय ताल’ निर्माण थालिएको छ । उक्त वन क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बागमती प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयद्वारा ताल निर्माण सुरु गरिएको हो ।
काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलस्थित पर्यटकीय क्षेत्र नगरकोट पुग्ने पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले हिले–जलजले सामुदायिक वनमा धमाधम ताल निर्माण भइरहेको छ । चालू आर्थिक वर्षभित्र निर्माण सक्नेगरी काम भइरहेको उक्त कार्यालयका इन्जिनियर कुश बुढाथोकीले बताए । हिले–जलजले सामुदायिक ‘ख’ वनमा शून्य दशमलव ४९ हेक्टर क्षेत्रफलको ताल बन्न लागेको हो । ओखरे र थुम्कीखोला मिसिएर बग्ने स्युरोखोलामा तालको बाँध बाँधिने तयारी छ । आगामी असारभित्र ताल निर्माण सक्नेगरी काम गरिरहेको निर्माण कम्पनीका गणेश मोक्तानले बताए । निर्माण कम्पनीले विसं २०७९ मङ्सिर ८ गते दुई वर्षभित्र काम सम्पन्न गर्नेगरी पाँच करोड ८९ लाख ५१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तालसहितका अन्य संरचना निर्माण गर्न १६ करोड ९४ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
निर्माणाधीन पर्यटकीय ताल आठ मिटर अग्लो, ११ मिटर चौडाइ र एक सय ८२ मिटर लम्बाइको हुनेछ । ताल निर्माणका लागि डिभिजन वन कार्यालयले वन क्षेत्रको एक सय २९ रुख कटानको स्वीकृति दिएको थियो । ताल निर्माणका लागि चालू आवमा प्रदेश सरकारले एक करोड रुपैयाँ विनियोजन गरेको छ । यसअघि प्रदेशस्थित पर्यटन मन्त्रालयले उक्त वनमा बहुउद्देश्यीय ताल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरेको थियो तालमा डुङ्गा सञ्चालन तथा ताल आसपासका क्षेत्रमा मनोरञ्जन उद्यानका साथै त्यसको सजावट गरिने जनाइएको छ ।
ताल क्षेत्र वरपरका रुखमा ‘ट्रि हाउस, ट्रि सेन्टर’ निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्याउने संरचना निर्माण गर्न सकिने जनाइएको छ । ताल निर्माणपछि दोस्रो चरणमा होटल तथा पसल सञ्चालनका संरचनालगायत अन्य पूर्वाधार निर्माण गरिने योजना छ । सांसद गोकुल बाँस्कोटाका अनुसार बनेपाको बासुकी क्षेत्र र हिले–जलजलेलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ताललगायत संरचना संरचना निर्माण गरिएको हो । हिलेजलजले क्षेत्रलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले स्थानीयको आर्थिक समृद्धिसँग जोड्ने उद्देश्यले ताललगायत पूर्वाधार निर्माणमा जोड दिइएको उनको कथन छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया