Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगराइड सेयरिङ्गद्वारा साथी एपमार्फत मोबाइल फोनको पिकअप र ड्रप सर्भिस सेवा सुरु

राइड सेयरिङ्गद्वारा साथी एपमार्फत मोबाइल फोनको पिकअप र ड्रप सर्भिस सेवा सुरु


काठमाडौं, जेठ २९
राइड सेयरिङ्गले साथी एपमार्फत लकडाउनको समयमा मोबाइल फोन बिग्रिएर समस्यामा रहेका व्यक्तिहरुका लागि नयाँ सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले साथी एपमार्फत अब ग्राहकहरुको घरदैलोमा नै मोबाइल फोनको पिकअप र ड्रप सर्भिस सेवा सुुरु गरेको हो ।

कोभिड १९ महामारीले गर्दा देशभर लकडाउनको अवस्था रहेको र संक्रमणबाट बच्नुपर्ने साथै सुरक्षित हुनुपर्ने अवस्थालाई मध्यनजर गरेर कम्पनीले साथी एपमार्फत मोबाइल फोन पिकअप र ड्रप गर्ने नयाँ सेवा सुरु गरेको जनाएको छ । विभिन्न मोबाइल कम्पनीहरुका सर्भिस सेन्टरहरुसँगको सहकार्यमा वारेन्टी भएका तथा वारेन्टी नभएका मोबाइल फोनहरु घर तथा कार्यालयबाट लिएर मर्मतपश्चात् फेरि सोही स्थानमा पु-याउने सेवा थप गरेको छ । नयाँ सेवाअन्तर्गत कुनै पनि ब्राण्डका मोबाइल फोनहरु मर्मत तथा सम्भार गर्न गराउन अब सहज हुने भएको छ । यस एपलाई डाउनलोड गरी मोबाइल पिक एण्ड डेलिभरी सर्भिसमा क्लिक गरी विस्तृत जानकारीहरु राखेर पिकअप सर्भिसको लागि अर्डर गर्न सकिनेछ ।

हालका लागि यो सेवा काठमाडौं उपत्यकाको रिङ्गरोडभित्र मात्र उपलब्ध रहेको छ भने केही समयपछि रिङ्गरोडबाहिरका स्थानहरुका साथसाथै देशभर क्रमशः सेवा विस्तार गरिने कम्पनीले जनाएको छ । मोबाइल फोनको मर्मतको शुल्क लाग्ने भएमा ग्राहकहरुबाट लिएर सम्बन्धित मर्मत तथा सर्भिस सेन्टरहरुमा भुक्तानी गर्ने व्यवस्था राखिएको छ भने त्यसबाहेक पिकअप तथा ड्रपको लागि न्यूनतम ३५ रुपैयाँबाट यो सेवा लिन सकिने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीका कार्यकारी अधिकृत विक्रान्त रेग्मीले कोभिड–१९ को महामारीले लकडाउनको अवस्था रहेको र मानिसहरुबीच संक्रमण फैलिनसक्ने हुँदा मोबाइल प्रयोगकर्तालाई सुरक्षित बनाउन यो सेवा सुरु गरेको जानकारी दिए । ‘हामीले सबैलाई घर वा कार्यालयबाटै मर्मत तथा सर्भिस सेन्टरको सुविधा लिन सकिने गरी सुरक्षित साथ सेवा दिनेछौँ । यसले गर्दा सबै जना भीडभाडमा जानु नपर्ने तथा मर्मतपछि मोबाइल समेत समयमा नै उपलब्ध हुनेछ’, कार्यकारी अधिकृत रेग्मीले भने । यस एपको अन्य मुख्य फिचर भनेको राइड सेयरिङ्गका लागि बाइक, स्कूटर र ट्याक्सी बोलाउन सकिनुको साथै विभिन्न यात्राको लागि रिजर्भेसन गर्न सकिनेछ ।

यसका साथै निकट भविष्यमा अफिसका कर्मचारीहरुलाई कार्यालयबाट घरसम्म ल्याउन र पु¥याउने सेवा समेत ल्याउन लागेको कम्पनीले जनाएको छ । जसमा बस, माइक्रोबस, कार, जिपद्वारा घरबाट कार्यालय पु-याउने र पुनः घरमा नै ल्याउने सेवा हुनेछ । हाल यो साथी एप गुगलको प्लेस्टोरमा उपलब्ध रहेको छ भने केही समयपछि एप्पलको एप स्टोरमा समेत उपलब्ध हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x