Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअशक्त मानिसका दैनिकीमा सहजताका प्रदान गर्दै कलरओएस

अशक्त मानिसका दैनिकीमा सहजताका प्रदान गर्दै कलरओएस


काठमाडौं, जेठ २९
भर्खरै डब्ल्यूएचओद्वारा प्रेषित एक रिपोर्ट अनुसार एक अर्बभन्दा बढी मानिसहरु कुनै न कुनै किसिमका अशक्तताका साथ बाँचिरहेको प्रक्षेपण गरिएको छ । तथ्यांकअनुसार यो भनेको विश्व जनसंख्याको १५ प्रतिशत हो । अशक्तता रहेका मानिसहरुका स्वास्थ्य हेरचाहसम्बन्धी आवश्यकता साधारण मानिसका तुलनामा धेरै हुने गर्छन् र तिनका आवश्यकता धेरैजसो समयमा पूर्ति समेत हुन पाउँदैन । इन्फरमेसन एक्सेसिबिलिटी प्रडक्ट आलियान्सका एक सदस्यका रुपमा ओप्पोको कलरओएसले सक्रियरुपमा अशक्तता भएका मानिसहरुलाई सहयोग गर्न तथा दैनिकीमा मोबाइल इन्टरनेटका माध्यमबाट अनुकूलित सुविधाहरुमा पहुँच पु-याउने पहल गरिरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार कलरओएसले दृष्टि अक्षमता भएका मानिसलाई टकब्याक, सेलेक्ट टू स्पिक, गेस्चर एण्ड मोसन्स र कलर एक्सेसिबिलिटी मोडलगायत फिचर्सका माध्यमबाट डिस्प्ले कन्टेन्टलाई अझ सहज तरिकाबाट बुझ्न सघाउँछ । टक ब्याक फिचर सक्रिय गर्दा प्रयोगकर्ताले स्क्रिनमा देखाइएका कुराहरु भ्वाइस गाइड फंक्सनका माध्यमबाट सहजै पढ्न सक्छन् । साथै, स्क्रिनमा नहेरिकनै अर्को पेजमा जम्प गर्न सक्छन् । सेलेक्ट टू स्पिक फंक्सन सक्रिय गरेसंगै प्रयोगकर्ताले टेक्स्ट पोजिसनमा क्लिक गरेकै भरमा रियल टाइम भ्वाइस फिडब्याक सुन्न सक्छन् ।

साथै, आफ्नो आवश्यकता अनुसार प्रयोगकर्ताले वाचनको गति समेत समायोजन गर्ने सुविधा प्राप्त गर्न सक्छन् । गेस्चर एण्ड मोसन्स फंक्सनले दृष्टि अक्षमता भएका प्रयोगकर्तालाई अझ सहज तरिका बाट एन्सर र ह्यांग अप सुविधा अन्तरक्रियात्मक तरिकाबाट अनुभव गर्न सघाउने कम्पनीको भनाई छ । यो फंक्सन अन गरेसंगै प्रयोगकर्ताले विभिन्न सोमाटोसेन्सरी अनुभवहरु लिन सक्छन् । यसको माध्यमबाट इनकमिङ कल स्वीकार्ने कार्यमा सहजता प्राप्त हुन्छ । उदाहरणका लागि प्रयोगकर्ताले फोन कानको नजिक लगेकै भरमा स्वचालित रुपमा कल रिसिभ गर्न सक्छन् ।

कम्पनीका अनुसार रंग दृष्टिमा कमी भएका मानिसका लागि कलरओएसमा कलर एक्सेसिबिलिटी मोड पनि उपलब्ध गरिएको छ । साधारण ‘हाई कन्ट्रास्ट टेक्स्ट’का तुलनामा कलरओएसले प्रयोगकर्तालाई तिनको आवश्यकता अनुसार अक्षरको रंग परिवर्तन गर्न सघाउँछ । यो फंक्सनको उपयोग टेक्स्टका साथै लाइनियर आइकन्स, बटन्स, स्विट्चेज लगायतमा पनि गर्न सकिन्छ । यसले गर्दा प्रयोगकर्ताले सहजरुपमा पढ्नुका साथै फोनको प्रयोग गर्न सक्छन् ।

कलरओएसले श्रवण अक्षमता भएका प्रयोगकर्ताहरुलाई समेत समाधान उपलब्ध गराउँछ । यसमा उपलब्ध फंक्सनले दायाँ र बाहिने च्यानलको आवाजलाई मोनो सिग्नलमा परिनत गरी एउटै कानमा दूबै च्यानलको आवाज पे्रशित गरी सुन्ने कार्यमा सहजता प्रदान गर्छ । साथै, प्रयोगकर्ताले फ्ल्याश अन कल फंक्सन अन गरी ईन कमिंग कलका बारेमा सटिक रिमाइन्डर प्राप्त गर्न सक्छन् । शारीरिक अशक्तता वा गतिशिलता सम्बन्धि समस्या भएका प्रयोगकर्ताहरु कलरओएसको एक्सेसिबिलिटी फंक्सनको प्रयोग गर्न सक्छन् । स्क्रिनसट, भ्वोल्यूम र ब्राइटनेस जस्ता साधारण फंक्सन बिना स्लाइड वा गेस्चर, सहजै क्ल्किको भरमा नियन्त्रित गर्न सकिन्छ । साथै, कलरओएसले टच एण्ड होल्ड डिले र ओपरेसनल एक्जेक्यूसन टाइम जस्ता फिचर्सपनि कलरओएसमा उपलब्ध छन् ।

ओपो कलरओेएसले अशक्तता भएका मानिसका लागि विशेष चासोका साथ नयाँ नयाँ फंक्सनको विकास गरिररहेको छ । साथै, तिनका लागि सहजता प्रदान गर्न एक्सेसिबिलिटी एसोसिएसनका ब्यवसायिकहरुका साथ निरन्तर मिटिङ र कलरओएस टिमले अशक्त इञ्जिनियरहरु संग उत्पादनमा परिष्कृतीकरणका लागि सुझाव पनि माग्ने गरेको छ । शारीरिक अशक्तता भएका मानिसहरुको दृष्टि, श्रवण, टच लगायत समस्याको समाधान उपलब्ध गराउँदै तिनलाई सुदृढ अनुभव प्रदान गर्नु कलरओएसको उद्देश्य रहेको कम्पनीको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x