बीएलडीसी सिलिङ फ्यान बजारमा
काठमाडौं । बढ्दो गर्मीयामलाई मध्यनजर गर्दे बीएलडीसी सिलिङ फ्यान पहिलो पटक बजारमा आएको छ । ‘स्टे कुल, सेभ इनर्जी सुइच टु बीएलडीसी फ्यान टुडे’ भन्ने नाराको साथ बजारमा आएको यो सिलिङ फ्यान प्रयोग गर्दा परम्परागत फ्यानभन्दा कम्तीमा पनि ४३ प्रतिशत विद्युत् बचत हुने बताइएको छ ।
यस्तै, पफमेन्समा कमी नआउने गरी कम आवाजमा सञ्चालन हुने उक्त प्रवृद्धि यस फ्यानमा रहेको कम्पनीले दाबी गरेको छ । उक्त सिलिङ फ्यान नेपालका लागि पहिलो ओईएम ब्रान्ड बीएलडीसी टेक्नेलोजी रहेको छ । साथै, रोबस्ट र रिलायबल बीएलडीसी मोटर भएको हुनाले बजारमा आउने अरु फ्यानको तुलनामा धेरै टिकाउ पनि रहेको छ । ‘नेपालमा त्यही पनि तराईजस्तो ठाउँमा बिजुलीको भोल्ट कहिले कम र कहिले बडी आउने गर्छ । यस्तो अवस्थामा फ्यान पनि सोहीअनुसार घुम्ने गर्छ । यही अवस्थालाई मध्यनजर गरी यो सिलिङ्ग फ्यान ल्याइएको हो’, कम्पनीले भनेको छ । यो फ्यान एक सय १० देखि २८० बीचको कुनै पनि भोल्टमा पनि तीव्र गतिमै घुम्ने उच्च प्रवृद्धिको रहेको छ ।
रिमोटको सुविधायुक्त यो सिलिङ्ग फ्यानमा कम्पनीले मोटर र पीसीबीएमा दुई वर्षको वारेन्टी दिएको छ । यो फ्यान आकर्षक चार वटा कलरमा बजारमा उपलब्ध रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया