भारतको चर्चित फर्च्युन होटेल्स अब नेपालमा
काठमाडौं । भारतको आईटीसी ग्रुप अफ होटेल्सअन्तर्गतको फर्च्युन होटेल्सले नेपालबाट आफ्नो अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको छ । भक्तपुरमा फर्च्युन रिसोर्ट एन्ड वेलनेस स्पाको उद्घाटन गर्दै होटलका सञ्चालकहरूले भारतीय होटल सञ्जाललाई नेपालमा विस्तार गरेका हुन् ।
रिसोर्टमा स्पा, रिल्याक्सिङ ट्रिटमेन्ट रुम, थेरापी रुम, सौना, स्टिम रुम, जिम, आकर्षक दृश्य देखिने स्विमिङ पुलजस्ता विभिन्न आरामदायी सुविधाहरू उपलब्ध छन् । शाकाहारी खानाका पारखीहरूलाई रिसोर्टमा रहेको रेन्बो रेस्टुरेन्टमा सम्पूर्ण प्रकारका स्वादिष्ट शाकाहारी खानेकुराहरू उपलब्ध छन् । साथै, नेप्ट्युन बार तथा लाउन्जमा विभिन्न प्रकारका मदिराहरू उपलब्ध हुने रिसोर्टले जनाएको छ । थुप्रै फराकिलो ब्याङ्क्वेटहरू रहेको रिसोर्टले वैवाहिक गन्तब्यको रूपमा पनि चर्चा कमाउन सक्ने सम्भावना राखेको छ ।
रिसोर्टमा आठ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको प्रि–फङ्सन क्षेत्र र ११ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको स्विमिङ पुल रहेको छ । यो सबै कुराहरूले यस रिसोर्टलाई एक उत्कृष्ट इभेन्ट गन्तव्य बनाउँछ जहाँ करिब छ सय पाहुनाहरू आरामले अटाउँछन् । रिसोर्टमा पार्टी र बैठकको लागि पनि छुट्टै क्षेत्रको व्यवस्था रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया