ओमोडा बन्यो युरोपमा उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी
काठमाडौं । विद्युतीय सवारी निर्माता ओमोडा युरोपमा नै गाडी उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी बनेको छ । अटोमोटिभ उद्योगमा वातावरणमैत्री रूपान्तरणको लहरको बीचमा ओमोडाले आफ्नो विश्वव्यापी विस्तारलाई फराकिलो बनाउँदै आफ्नो अत्याधुनिक सक्षमता प्रदर्शन गरेको छ ।
कम्पनीले हालै स्पेनमा एक कार्यक्रमको आयोजना गरी पहिलो युरोपेली फ्याक्ट्री प्लान(योजना) सार्वजनिक गरिएको थियो । स्पेनका राष्ट्रपति ‘पेड्रो सान्चेज पेरेज–कास्टेजन’को प्रत्यक्ष उपस्थितिसहित अन्य युरोपेली प्रभावशाली नेताहरूको उपस्थितिमा फ्याक्ट्री प्लान सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । यसअघि कम्पनीले फेब्रुअरीमा स्पेनको म्याड्रिडमा आयोजित समारोहमा पहिलो ‘अल–इलेक्ट्रिक क्रसओभर एसयुभी ओमोडा ई५को स्पेनिस बजारमा सार्वजनिक गरेको थियो ।
नेपालमा पनि गत फेब्रुअरीमा सार्वजनिक गरिएदेखि ओमोडा ई५ ले अत्याधुनिक इलेक्ट्रिक टेक्नोलोजी, दक्ष र इन्टिलिजेन्ट पर्फमेन्स र फ्युचरिस्टिक डिजाइन स्टाइलका लागि उच्च प्रशंसा पाइरहेको छ । एसपीजी अटोमोबाइल्स प्रालि नेपालमा ओमोडा एन्ड जेइको अटोमोबाइल कम्पनी लिमिटेडको आधिकारिक वितरक रहेको छ ।
क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
- बचतकर्ताको रकम फिर्ता गराएर सहकारीलाई लयमा फर्काउनेछौँ : मन्त्री अधिकारी
- चीन भ्रमणका एजेन्डा कांग्रेस–एमालेको सहमतिमा तय हुने
- टोरन्टो घुम्ती शिविरबाट चार सय नेपालीले लिए राहदानी
- नेपाल–क्यानडा सम्बन्धका साथै साझा चासोका विषयमा छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- सुनको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया