Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभूति गर्ने


काठमाडौं । नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इन्डस्ट्रिजको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले हस्ताक्षर गरेका छन् ।

पाल्पा सिमेन्टको प्रतिकित्ता एक सय रुपैयाँ अंकित ७५ लाख कित्ता बराबर हुन आउने ७५ करोड रुपैयाँको सेयर कोषले प्रत्याभूति गर्नेछ । सम्झौता कार्यक्रममा कोषका कामु नायब कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र सिमेन्ट इन्डस्ट्रिजका उच्च व्यवस्थापक सहभागी थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया