महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
काठमाडौं । नेपाल महिला चेम्बरले संस्थापक अध्यक्ष डा अञ्जान शाक्यलाई सम्मान गरेको छ । राष्ट्रियसभा सदस्यमा मनोनित डा शाक्यलाई महिला चेम्बरले सम्मान गरेको हो । डा शाक्य महिला चेम्बरकी संस्थापक अध्यक्ष हुन् ।
महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल एवं चेम्बर सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठले डा शाक्यलाई संयुक्तरूपमा सम्मान गरेका थिए । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले डा शाक्यलाई राष्ट्रियसभाबाट महिला सशक्तीकरणको मुद्दा उठाउन आग्रह गरिन् । महिलाको उद्यमशीलता विकासका लागि कानुनी र संरचनागत सुधारको आवश्यक्ता रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । अध्यक्ष श्रेष्ठले महिला चेम्बर अभियान र महिला उद्यमशीलता विकासमा डा शाक्यको भूमिकाको प्रशंसा समेत गरिन् । चेम्बर अध्यक्ष कमलेश अग्रवालले राष्ट्रियसभामा निजी क्षेत्रको आवाज उठाउन डा शाक्यलाई सुझाव दिए ।
महिला चेम्बरमार्फत महिला उद्यमशीलता एवं सशक्तीकरणका लागि चेम्बरले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको अध्यक्ष अग्रवालको भनाइ छ । सम्मान कार्यक्रममा चेम्बर सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठले महिला चेम्बरकी संस्थापक अध्यक्ष डा शाक्यले राष्ट्रियसभामा निजी क्षेत्रबाट प्रतिनिधत्व गर्नु गौरवको विषय भएको बताए । कार्यक्रममा डा शाक्यले महिला सशक्तीकरणका लागि आफूले निरन्तर पहल गर्ने बताइन् । मुलुकको आर्थिक विकासका लागि आफूले निरन्तर पहल गर्ने उनको प्रतिबद्धता थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया