पठाओ फुड फेस्टमा दुई लाख ६० हजार बढी अर्डर डेलिभरी
काठमाडौं । राइड सेयरिङ र फुड डेलिभरी कम्पनी पठाओले सञ्चालन गरेको ‘दोस्रो पठाओ फुड फेस्ट २०२४’ दुई लाख ६० हजारभन्दा बढी अर्डर डेलिभरी गर्दै सम्पन्न भएको छ ।
फेस्ट सकिए पनि कम्पनीले ग्राहकलाई अझै आकर्षित गर्न छुट मूल्यमा ९९ अफर सुरू गरिएको जनाएको छ । जसअन्तर्गत बढी मूल्यका परिकारहरू ९९ रुपैयाँमै उपलब्ध छन् । चैत अन्तिम हप्तादेखि यही वैशाख २१ दिनसम्म सञ्चालन भएको फेस्टको बम्पर प्राइजमा भाग्यशाली विजेता सन्ध्या कार्कीले आइफोन १५ जित्न सफल भएकी छन् । पठाओले साप्ताहिक तथा बम्पर विजेता छनौट फेस्टको समयमा धेरै अर्डर गर्ने ग्राहकहरूमध्येबाट चयन गरेको बताइएको छ ।
त्यसैगरी शीर्ष दुई पठाओ हिरो गंगाबहादुर राई र वीरेन्द्र बहादुर सिंहले भने उपहारका साथै प्याङ्क बाइक्सका तर्फबाट एक÷एक वटा साइकल समेत जितेको कम्पनीकी मार्केटिङ हेड सुरक्षा हमालले जानकारी दिइन् । फुड फेस्टमा मेहनत गर्ने शीर्ष ३८ पठाओ हिरोलाई कम्पनीले मजदुर दिवसका अवसरमा पुरस्कृत समेत गरेको थियो । कम्पनीले यसअघि सञ्चालन गरेका अन्य क्याम्पेनको तुलनामा यसपटक रेस्टुराँमा अर्डर लिनेको संख्या उल्लेख्य भएको हमालले बताइन् ।
साथै, पठाओ हिरोहरूको मासिक कमाइ औसतमा ४० हजारसम्म हुने गरेकोमा फेस्ट अवधिमा भने ५० हजार रुपैयाँसम्म कमाएको हमालले बताइन् । साथै, ग्राहकले हरेक अर्डरमा प्राप्त हुने सिओर सट स्क्राच कार्डमा पार्टनर तथा रेस्टुराँ र कम्पनीका तर्फबाट आकर्षक छुट भौचर समेत प्राप्त गरेका थिए । यस अवधिमा फुड अर्डर गर्ने ग्राहकले धुलिखेल जिपलाइन, चन्द्रागिरि प्याराग्लाइडिङ, बेलुन नेपाल, गितार सप, इना सेन्टर, यति एयरलाइन्स, सिजी इन्टरनेट, प्याङ्क बाइक, डोल्पो, अल्टिमा, माक्कुसे, मिसिसा, जीभी, ब्लेस, मिनिसो, ¥याप्सी, न्यू–मिउ, ऊप्स, क्युबेक्सबाट भौचर एवं उपहार समेत प्राप्त गरेका छन् ।
साथै, हरेक साता सबैभन्दा धेरै अर्डर गर्ने भाग्यशाली ग्राहकलाई ३० सेकेन्डका लागि मिनिसोको विभिन्न आउटलेटमा ३० सेकेन्डका लागि निःशुल्क सपिङ गराइएको थियो । पठाओ हिरोहरूले स्मार्ट वाच, पावर बैंक, एयर वड्स, ज्याकेट तथा ट्राउजर, टि–सर्ट, चस्माका साथै जिपलाइन भौचर, प्याराग्लाइडिङ भौचरलगायतका उपहारसँगै रेस्टुराँ छुट भौचर एवं १० हजार, २५ सय, दुई हजारका क्वेस्ट भौचर उपहार जितेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया