भिभो वाई ०३ नेपाली बजारमा
काठमाण्डौं । भिभोले मातातीर्थ औंसीको अवसर पारेर स्लिक डिजाइन, शक्तिशाली कार्यसम्पादन र लामो समयसम्म चल्ने ब्याट्रीको मिश्रण, भिभो वाई ०३ बजारमा सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार ४+४ जीबीको एक्सटेन्डेड र्याम र ६४ जीबीकोे जीबीकोे भण्डारण क्षमता रहेकोे यस फोनको मूल्य १३ हजार चार सय ९९ रुपैयाँ रहेको छ । सोमबारबाटै देशभरका आधिकारिक रिटेल स्टोर र दराज अनलाइनमार्फत एकैपटक सार्वजनिक भएको यस फोनले सम्पूर्ण देशवासीको हृदय कब्जा गर्ने कम्पनीको दाबी छ । भिभो वाई ०३ मा ९० हर्जको रिफ्रेस रेटको साथ छ दशमलव ५६ इन्चको इमर्सिभ डिस्प्ले रहेको छ । यस्तै, विश्वसनीय मिडिया टेक हेलिओ जी ८५ प्रोसेसरद्वारा सञ्चालित यो फोनमा प्रयोगकर्ताहरूले कुशल मल्टिटास्किङ र सहज कार्यसम्पादनको आनन्द लिन सक्छन् । यसैगरी भिभो वाई ०३ को ठूलो ५००० एम ए एच ब्याट्री र उत्कृष्ट १५ वाटको फ्ल्यास चार्जले दिनभरी उपयोग गर्न सकिने ग्यारेन्टी प्रदान गर्छ । नवीनतम एन्ड्रोइड १४ अपरेटिङ सिस्टममा आधारित फन टच ओएस १४ मा चलिरहेको यो फोनले प्रयोगकर्ताहरूलाई सुविधाजनक अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।
भिभो वाई ०३ मा डुअल १३ एमपी रियर क्यामेरा सेटअप रहेको छ । सेल्फी र भिडियो कलका लागि ५ एमपी फ्रन्ट क्यामेरा पनि समावेश गरिएको छ । साथै, भिभोले हरेक आमाहरूको सम्मानमा अर्को एक विशेष अफर ल्याएको छ । भिभो वाई ०२ टि अब १२ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध छ । यस आमाको मुख हेर्ने दिन, आफ्नी आमालाई भिभोको स्मार्टफोन उपहार दिएर अनुहारमा मुस्कान ल्याउन कम्पनीले आग्रह गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया