रिचार्जर एप डाउनलोड गर्दा हजार क्यास प्वाइन्ट पाइने
काठमाडौं, जेठ ३२
सरकारले लकडाउन खुकलो बनाएपछि मोबाइल एप रिचार्जरले आम प्रयोगकर्तालाई ५ रुपैयाँमा सर्जिकल मास्क उपलब्ध गराउने भएको छ । त्यसैगरि केएन ९५ मास्क एक सय रुपैयाँमा नै उपलब्ध गराउने रिचार्जरले जनाएको छ । समय र पैसाको बचत गराउँदै आफ्ना प्रयोगकर्तालाई रिचार्जरले सस्तो मूल्यमा कोभिड १९ का सुरक्षा उपकरणहरु उपलब्ध गराउनलागेको हो । जसअन्तर्गत पकेट स्यानिटाइजर १ सय ५० रुपैयाँमा, इम्युनिटी बुस्टर डबल सी जुस सय रुपैयाँमा, पीपीई सेट ८ सय ५० रुपैयाँ र थर्मल गन २ हजार ४ सय रुपैयाँमा उपलब्ध हुने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।
बजारमा उल्लिखित मूल्यमा सामानहरु नपाइने भएकाले रिचार्जरले यस्तो अफर ल्याएको उनको भनाइ छ । यसैगरी सेवाग्राहीले आफ्नो मोबाइलमा रिचारर्जर एप डाउनलोड गरी खाता खोल्दा एक हजार क्यास प्वाइन्ट पाउनेछन् । यसरी प्राप्त हुने क्यास प्वाइन्ट रिडिम गरी सामान खरिद गर्दा २ देखि १० प्रतिशतसम्म छुट पाइने भने अफरको बेला शतप्रतिशत क्यास प्वाइन्ट रिडिम गरी सित्तैमा सामान किन्न सकिन्छ । रिचार्जरले घर, पसल, अफिस, बैंक तथा वित्तीय संस्था, होटल लगायत सबै क्षेत्रको लागि कोभिड प्रोटेक्टिभ प्रोडक्टको कम्बो प्याक समेत सस्तो मूल्यमा उपलब्ध गराउने जनाएको छ ।
७ हजार ९ सय ९९ रुपैयाँदेखि सुरु हुने कम्बो प्याकमा सर्जिकल मास्क सय थान, पन्जा सय, फेश सिल ५, थर्मलगन एक र ५ सय मिलिलिटरको स्यानिटाइजर ३ वटा उपलब्ध हुनेछन् । जतिको रिचार्ज गर्यो त्यति नै क्यास प्वाइन्ट पाइने रिचार्जरले बीमा, बिजुली, इन्टरनेट, टिभीलगायतका सेवाको महसुल भुक्तानी गर्दा पनि २० पनि प्रतिशत क्यास प्वाइन्ट दिन्छ । यसरी उपलब्ध हुने क्यास प्यान्टलाई सामान किन्दा छुटको रुपमा प्रयोग गर्न सकिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया