इ– सेवाको ‘एस्क्रो’ सुविधा
काठमाडौं । इ–सेवाले नयाँ सेवाको विस्तार गरेको छ । इ–सेवाले ग्राहकहरूको सजिलोको लागि एस्क्रो सुविधा प्रयोगमा ल्याएको हो । कम्पनीका अनुसार एस्क्रो सुविधाले इ–सेवा प्रयोगकर्ताहरूलाई अर्को इ–सेवा वालेटमा सुरक्षित तरिकाले भुक्तानी गर्न अनुमति दिन्छ । कुनै पनि लेनदेन समय प्रेषक (पठाउने व्यक्ति) ले प्राप्तकर्ता (पाउने व्यक्ति) लाई पठाएको रकम प्रेषक आफैँले आफ्नो खातामा ‘होल्ड’ गरेर राख्न मिल्छ । प्राप्तकर्ताले आफ्नो दायित्व पूरा गरेपछि बल्ल प्रेषकले होल्डमा राखेको रकम प्राप्तकर्ताले पाउन मिल्ने गरी जारी गर्न मिल्छ । यो प्रयोगकर्ताले ‘सेन्ड मनी’ भन्ने फिचरको प्रयोगमा गर्न सक्छन् ।
यो सेवाको मुख्य उद्देश्य भनेको प्रेषक र प्राप्तकर्ता दुवैलाई रकम स्थानान्तरण कारोबार गर्दा आश्वासन र सुरक्षा प्रदान गर्नु हो । यो सुविधाले अपरिचित वा अज्ञात व्यक्तिलाई भुक्तानीको लागि पैसा पठाउने जोखिमहरू कम गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ । अहिले अनलाइन सपिङलगायत अनलाइन कारोबार गर्दा ग्राहकहरू ठगिने प्रवृत्ति बढेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया