सामसङको ग्यालेक्सी एम१५ फाइभजी नेपालमा
काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एम१५ फाइभजी लन्च गर्ने औपचारिक घोषणा गरेको छ । ग्यालेक्सी एम सिरिजमा नवीनतम विशेषताहरू थप गरेर यो फोन निर्माण गरिएको हो ।
कम्पनीका अनुसार यो स्मार्टफोन ब्लु टोपाज र स्टोन ग्रे गरी दुई आकर्षक रंगहरूमा उपलब्ध हुनेछ । साथै, यसमा छ हजार एमएएच ब्याट्रीको रहेको छ, जसले स्मार्टफोनलाई दुई दिनसम्म पावर गर्न सक्छ । यो फोनमा २५ वाट सामसङ एडेप्टर निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ । यो डिभाइसमा ५० एमपी ट्रिपल क्यामेरा र १३ एमपी फ्रन्ट क्यामेरा छ । साथै, यो फोनमा डिफेन्स ग्रेड नोक्स सेक्युरिटी पनि समावेश छ । हार्डवेयरमा आधारित सुरक्षा प्रणालीले प्रणालीको मुख्य प्रोसेसर र मेमोरीबाट भौतिकरूपमा अलग्गै सुरक्षित बनाएर हार्डवेयर र सफ्टवेयर आक्रमणविरुद्ध राम्रो सुरक्षा प्रदान गर्छ । यसका साथै यसमा क्विक सेयर सुविधाले प्रयोगकर्ताहरूलाई तुरुन्तै फाइलहरू, फोटोहरू र कागजातहरू टाढा भए पनि ल्यापटप र ट्याबलगायतका कुनै पनि अन्य उपकरणसँग सेयर गर्न सकिनेछ ।
ग्यालेक्सी एम१५ फाइभजीको मूल्य ६÷१२८ जीबी स्टोरेज भेरिएन्टको लागि २५ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । साथै, देशभरका दुई हजारभन्दा बढी अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवा लिएर शून्य प्रतिशत ब्याजदरमा ईएमआईमा सजिलैसँग यो नयाँ फोन किन्न सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया